ठोस खबर , १६ फागुन / मध्ये रातमा देशको विभिन्न छेत्रमा भुकम्पन भएको छ । शुक्रवार बिहानको राति २ बजेर ५२ मिनेटमा झापा लगायत पूर्वी नेपालका विभिन्न क्षेत्रमा ठुलो भूकम्पको धक्का महसुस गरिएको हो ।

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

मध्ये रातमा भुकम्पन हुदा मस्त निन्द्रामा रहेका नागरिक अत्तालिँदै घर बाहिर समेत निस्किएका छन् । भूकम्पको ठूलो धक्का महसुस भएपछि स्थानीय चिच्याउँदै घरबाहिर निस्किएका हुन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले सञ्जालमा पोष्ट गरे अनुसार पोखरा , काठमाडौ , झापा लगायत पूर्वी नेपालका सबैजसो जिल्लामा भूकम्पन भएको बुझिएको छ । थप विवरण आउन बाँकी छ ।