झापाको कनकाईमा १ महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम सम्पन्न

दुर्गापुर ,२१ फागुन / झापाको कनकाई नगरपालिकामा १ महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम सम्पन्न भएको छ।
कनकाई नगरपालिका वडा न १दुर्गापुर स्थित सामुदायिक भवनमा सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको आयोजना वडा न १ को आर्थिक सहयोगमा गत माघ २१ गतेदेखि फागुन २० गते मंगलबार सम्म चलेको १ महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम सम्पन्न भएको हो ।
आयोजक संस्था सुरुङ्गा सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष पुस्पा भट्टराई (कडेलको) सभापतित्वमा भएको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल रहनुभएको थियोे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले यस्ता तालिमहरु नगरमा अति आवश्यक रहेको मनन गर्दै आगामी दिनमा बजेटको ब्यस्थापन गर्दै प्राथमिकतामा राख्ने विश्वास दिलाउनु भयो ।

उहाँले १ महिना सम्म सिकेको सिपलाई सकेसम्म नगरमै रहेका विद्यालयहरू सग समन्वय गरि प्राक्टिकल रुपमा नानी बाबुहरु सगै गएर तालीम लिएको भए अझ बुज्न बुजाउन सहज हुने बताउनु भयोे ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पोखरेलले शिक्षा क्षेत्रलाई समुन्नत बनाउन सबै एकजुट हुनेपर्नेमा जोड दिनुभयो । उहाँले उत्कृष्ट विद्यार्थी उत्पादन गर्नमा सुरुमा यस्ता तालिमले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयोे ।उहाँले शिक्षालाई उत्कृष्ट बनाउन स्थानीय सरकार लागिपरेको समेत बताउनु भयो । नगर प्रमुख पोखरेलले चालू आर्थिक वर्षमा शिक्षा ,स्वास्थ्य र कृषिका साथसाथै महिला ,युवा तथा बालबालिका लक्षित बजेट बिनियोजन गरि निरन्तर काम हरु गरिरहेको जानकारी समेत गराउनुभएको थियोे ।
कार्यक्रममा विशिस्ट अतिथि उप प्रमुख आशाशर्मा शिवाकोटी , वडा न १ का अध्यक्ष सुशीलकुमार पोखरेल, प्यावसनका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद उप्रेती , हाम्रो पाठशाला विद्यालयका संचालक अखिलकुमार कोईराला लगायतले सुरुवाती चरणमा लिने शिक्षा लाई यस्ता तालीम कोसेढुङ्गा सावित हुने बताउनु भयोे । उहाँहरुले विभिन्न विद्यालयमा आवश्यक शिक्षकहरुको अवसर खुल्ने र विद्यालयमा अवसर पाउनका लागि पनि अवको समयमा सुरुमा कम्तिमा पनि मन्टेश्वरी तालिम लिएको हुनुपर्ने भएकाले पनि यो तालिम लिन जरुरी रहेको बताउनुभएको थियोे ।
वडा अध्यक्ष पोखरेलले वडा न १ मा प्राप्त बजेटलाई योजनावद्व रुपमा सबै क्षेत्रमा मिलाएर युवा, महिला , बालबालिका , जेस्ट नागरिक लक्षित तालिमहरु निरन्तर भईरहेको बताउनु भयो ।
उहाँले वडामा प्रतेक वर्षको बजेटमा महिलाहरू लाई नै प्राथमिकतामा राखेर विनियोजन गरेर काम गरिहेको बताउनु भयो । वडामा यस चालू आर्थिक वर्षमा एकल महिलाहरूको स्वरोजगार बन्नका लागि तालिम सम्पन्न गरेको, त्यस्तै सहजीकरण महिलासमुहको पोते तथा धागो बनाउने तालीम सम्पन्न भएको , त्यस्तै आगामी २४ गते नारी दिवसको अवसरमा प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिने बताउनु भयोे ।
त्यस्तै वडाकै बजेट बाट शान्ति महिला समुहले आगामी फागुन २४,२५ र २६ गते लिकुईट तथा नुहाउने सावनको तालिम आयोजना हुने , त्यस्तै चैत ८ र ९ गते वडाकै महिलाहरूका लागि सरफ तथा कपडा धुने सावन बनाउने तालिमको आयोजना गर्ने समेत बताउनुभएको थियोे ।
तालीममा वडा भित्र रहेका ९ वटा टोलका ३५ जना महिलाहरुले अवसर पाएको वडा सदस्य निर्मला खड्काले जानकारी दिनुभयो ।
१ महिने मन्टेश्वरी तालीमको प्रशिक्षण मन्टेश्वरीकी विज्ञ अनुभवी मेनुका ओलीले गर्नुभएको थियोे । तालिम समापनको अवसरमा प्रशिक्षार्थिको तर्फबाट गङ्गा दाहालले १ महिना सम्म आफुले सिकेको अनुभव सुनाउनु भएको थियोे ।

यता आयोजक संस्था सुरुङ्गा सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष तथा कार्यक्रमकी पुस्पा भट्टराई (कडेलले) सिकेको सिपलाई सहि सदुपयोग गर्न सुझाव दिनु भयोे । उहाँले नानी-वावुहरुको सिकाईका लागि विद्यालयमा होस यात घरमा असल संस्कारको सुरुवात घरबाटै हुने भन्दै यस्तो तालिमले मद्दत मिल्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले आफ्नो संस्थाले मन्टेश्वरी तालिम मात्र नभई विशेष गरेर महिला दिदिबहिनी हरुका लागि आत्मनिर्भर बन्ने तालिमहरु दिदै आएको बताउनु भयोे । उहाँले संस्थाले कनकाई नगर मात्र नभई छिमेकी पालिकामा समेत यस्ता कार्यक्रम गर्दै आएको जानकारी गराउनु भयोे ।
१ महिने मन्टेश्वरी तालीमको समापन कार्यक्रममा वडा सदस्य हरिकुमार राई, कनकाई १ मा रहेको दुर्गा मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष सरला दाहाल (पोखरेल ) मर्निङ ग्लोरी अङ्ग्रेजी स्कुलका प्रिन्सिपल असोक कुमार न्यौपाने , वडाका टोल संयोजक, महिला समुहका अध्यक्ष तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियोे । कार्यक्रमको औचित्य तथा स्वागत सहित सन्चालन आयोजक संस्थाकी सचीव लिला शिवाकोटीले गर्नुभएको थियोे ।
