ठोस खबर , २३ फागुन / सरस्वती वडा बाल संजालले शुक्रबार “सुनिश्चित बालमैत्री बानी ब्यहबहार, सुखी र समृद्ध कनकाईको आधार” नारामा प्यानल छलफल सहित बाल संजाल पुर्न गठन कार्यक्रम सम्पन्न गरेको छ ।

कनकाई नगरपालिकाको सभाहलमा सरस्वती वडा बाल संजालका अध्यक्ष तथा कनकाई नगर बाल संजाल सचिव रिजन तिम्सिनाको अध्यक्षता तथा कनकाई ७ का कार्यबाहक वडाध्यक्ष निर्मल आङ्थुप्पोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कनकाई नगर बाल कल्याण अधिकारी उमानाथ ढकाल , बालमैत्री सम्पर्क ब्यक्ती जमुना कट्वाल , फक्तालुङ एजुकेसन फाउन्डेसनका प्रधानाध्यापक ओम बिक्रम नेम्वाङ , भृकुटी माध्यमिक बिधालयका प्रधानाध्यापक चण्डीका प्रसाद उपाध्याय प्यानलिस्ट रहनुभएको थियो ।
कार्यक्रममा बालबालिकाहरुले बालमैत्री , बाल अधिकारका क्षेत्रमा विभिन्न जिज्ञासा् राख्नुभएको थियो ।

कार्यक्रममा बाल संजाल अध्यक्ष रिजन तिम्सिनाले अध्यक्षको मन्त्वय राख्दै बालमैत्री स्थानीय शासनको क्रममा वडा बाल संजाल मार्फत भएका कार्यहरु जानकारी गराउदै सरस्वती बाल सञ्जाल कनकाई नगरपालिकाकै उत्कृष्ट बाल संजालकोरुपमा सम्मानित भएको कुरा बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि आङ्थुप्पोले रिजन तिम्सिनाको अध्यक्षतामा गठित समितीले निकै उत्साहित पुर्वक कार्यक्रम संचालन गर्दै क्रियाशिलरुपमा कार्य गरेर ७ नम्बर वडा बाल संजाल पहिलो पटक नगरकै उत्कृष्ट हुन सफल भएको बताउदै वर्तमान समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

त्यस्तै गरि पुर्न गठन कार्यक्रम मार्फत अम्बिका गोस्वामीको अध्यक्षतामा नयाँ समिती गठन गरिएको छ । समितिको उपाध्यक्षमा निरज सुवेदी , सचिवमा विकास महत्तरा , सहसचिबमा आयुशा बस्नेत , कोषाध्यक्षमा सिखा सेन्चुरी त्यस्तै सदस्यमा क्रमश दिपमला लामिछाने , आरोही पोखरेल , बिकिसा प्रधान , प्रतिज घिमिरे , कुसुम घिमिरे र स्वस्तिका ढकाल निर्वाचित हुनुभएको छ ।

कार्यक्रममा फक्तालुङ बिधालय बाल क्लबका शिक्षक संरक्षक तारा उप्रेती , दुर्गापुर बजार ब्यबस्थापन समिती प्रतिनिधि , विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधि , बाल संजाल सस्थापक अध्यक्ष अर्जुन चौधरी तथा कनकाई ७ का १५० भन्दा बढि बालबालिकाको सहभागीता रहेको थियो ।

क्लबको सदस्य दिपमला लामिछानेले स्वागत गर्नुभएको कार्यक्रमको औपचारिक सत्र सचिव अम्बिका गोस्वामीले गर्नुभएको थियो भने प्यानल छलफलमा सहजिकरण प्रज्वल पाठकले गर्नुभएको थियो ।