ठोस खबर , २५ फागुन / झापाको कनकाई नगरपालिका ४ , कोटिहवन क्षेत्र कनकाई माई नदिको पुर्वि किनारमा रहेको कनकाई घाट संस्थाले आईतवार संस्थाको १५ औं स्थापना दिवस मनाएको छ ।

संस्था स्थापनाको १५ वर्ष प्रवेशको अवसरमा घाट क्षेत्रमा सरसफाई गर्दै मनाईएको स्थापना दिवसमा संस्थाका अध्यक्ष खेमनाथ मिश्रले कनकाई घाट सरसफाइलाई अभियानका रुपमा ब्यवस्थित गर्दै जाने वताउनु भएको छ ।

स्थानीय क्रियाशिल राजनीतिक दल, सामाजिक, शैक्षिक एवं धार्मिक संघसंस्था, नागरिक समाज, उद्योगी व्यवसायीहरु लगायतलाई आह्वान गरेर घाट परिसर सरसफाइ गरिएको थियोे भने कनकाई वडा नं. ४ को तर्फबाट वडा अध्यक्ष रोशन सुवेदीले सरसफाईका आवाश्यक सामग्री प्रदान गर्नुभएको थियो ।

सरसफाई संगै संस्थाका अध्यक्ष खेमनाथ मिश्रको अध्यक्षतामा एक संक्षिप्त कार्यक्रम समेत गरेर मनाईएको स्थापना दिवसमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले कनकाई घाटको क्षेत्रलाई सरसफाई राख्ने कुरामा नगरपालिका सदैब लागिपर्ने बताउनु भयो ।

सोही कार्यक्रमका बीच नगर उप प्रमुख आशाशर्मा शिवाकोटीले घाटको सरसफाई सगै यहाँ विधुतिय शवदाह गृह निर्माणको समेत तयारी रहेकोले अन्तिम संस्कारमा थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

सरसफाई कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , उप प्रमुख आशा शर्मा शिवाकोटी , वडा नं. ३ वडा अध्यक्ष युवराज चौलागाईं , ४ का वडा अध्यक्ष रोशन सुवेदी सहित अन्य जनप्रतिनिधि स्थानीय क्रियाशिल राजनीतिक दल नेपाली काग्रेस नगर सभापति दुर्गा प्रसाईं , एमाले नगर अध्यक्ष गोकर्ण ओझा , माओवादी नगर अध्यक्ष यामनाथ सेढाई , राप्रपा नगर अध्यक्ष टीका बराल , सामाजिक, शैक्षिक एवं धार्मिक संघसंस्था, नागरिक समाज, उद्योगी व्यवसायी , विद्यार्थी लगायतको सहभागिता रहेको थियोे ।

संस्थाका वरिष्ठ उपाध्यक्ष डिल्लीराम मैनालीले स्वागत गर्नु भएको कार्यक्रमको संचालन संस्थाका महासचिव गोपाल खरेलले गर्नुभएको थियोे ।