ठोस खबर / फरक क्षमता भएका विद्यार्थी हरु संग
लायन्स क्लव अफ कनकाई सुरुङ्गाले होली मिलन कार्यक्रम गरेको छ ।

क्लबले बिहिवार कनकाई माविमा अध्यनरत् विशेष क्षमता भएका विद्यार्थीहरुमाझ मिठो मसिनो खानेकुरा खादै होलि मिलनको आयोजना गरेको हो ।

अघिल्ला बर्षहरुको परम्परालाई निरन्तता दिर्दै लायन्स क्लवले कनकाई माविमा रहेका फरक क्षमता भएका ३५ विद्यार्थीहरुका साथमा मिठो खानेकुरा प्रदान गर्नुका साथै होलिको टिर्सटहरु समेत प्रदान गरिएको थियो ।

क्लवका निवर्तमान अध्यक्ष सन्जय गजुरेलको सभापतित्वमा आयोजित कार्यक्रममा कार्यक्रम संयोजक कुमार दाहाल, क्लवका पुर्वअध्यक्ष मनोज बस्नेत, क्लवका उपाध्यक्ष पंकज खड्का, कनकाई माविका प्रअ कर्णबहादुर डाँगी लगायातले होलि मिलन क्लवले जहिल्यै पनि आफुभन्दा कमजोरहरुलाई सहयोग र मद्धत गर्दै उनीहरुको खुसीको साथ साथमा बषौदेखि मनाइरहेको बताउँनुभयो ।

यसैबीच शुक्रबार भने लायन्सको सामुदायिक भवनमा आफ्ना क्लवका सदस्यका परिवार तथा सञ्चारकर्मीहरुको साथमा लायन्सले होलिमिलन कार्यक्रमको आयोजना गरेको छ । लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष तथा लायन्सका डिष्ट्रिक सेकेन्ड भाइस गर्भनर लीलाप्रसाद चिमरियाको प्रमुख आतिथ्यता तथा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रुपनारायण खतिवडाको सभापतित्वमा आयोजित कार्यक्रममा लायन्सका पुर्व अध्यक्ष मनोज बस्नेतले लायन्स क्लवले सस्कृतिको जर्गेना र आपसी भाइचाराको अभिवृद्धिका लागि विगत १२ बर्षदेखि यसप्रकारको कार्यक्रमहरु नियमित रुपमा गरिदै आएको बताउँनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिति लीलाप्रसाद चिमरियाले व्याक्तिगत भन्दापनि सानोतिनो साथ सहयोग गर्दै लायन्सले होलिमिलनलाई संस्थागत रुपमा विगत १२ बर्षदेखिनै मनाउँदै आएको बताउँनुभयो । फ्लोसीप र आससी भाइचाराको अभिवृद्धिको उद्धेश्य राखेर होलिमिलनको कार्यक्रम राखिएको चिमरियाले बताउँनुभयो ।


कार्यक्रमको सञ्चालन लायक्स क्लव अफ कनकाई सुरुङ्गाका महासचिव विवेक शिवाकोटीले गर्नुभएको थियो । होलिमिलन कार्यक्रमपछि नाचगान समेत गरिएको थियो ।