ठोस खबर , ३ चैत्र / झापाको कनकाई नगरपालिकामा खुल्ला साईक दौड प्रतियोगिता हुने भएको छ ।

सुरुङ्गा सहकार्य युवा क्लबको आयोजनामा “आन्तरिक पर्यटन प्रबर्द्धन एवम् वातावरण संरक्षणका लागि खुल्ला साइकल दाैड” नाराकासाथ कनकाईमा यही चैत्र ९ गते खुल्ला साईकल दौड प्रतियोगिता २०८१ हुने भएको हो ।

यस क्षेत्रमा रहेका संघ संस्थालाई जागरुक गराउदै यहाँका पर्यटकीय क्षेत्रहरुलाई उजागर गर्दै वातावरण प्रदुषण न्युनिकरणमा सहयोगी भुमिका निर्वाह गर्नुका साथै स्वास्थ्यमा समेत फाईदा हुने भएकोले सबैलाई साईकल चलाउन प्रेरित गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सुमन कार्कीले वताउनु भएको छ ।

सुरुङ्गामा २०६२ सालमा स्थापना भएको क्लबले निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आएको र संस्थाले पहिले बिषेश गरेर प्रजनन् स्वास्थ , एचआईभीएड्स , खेलकुद जस्ता क्षेत्रमा काम गर्ने गरेको भए पनि समयको माग अनुसार परिमार्जन गर्दै स्वास्थ , वातावरण र पर्यटनलाई जोड्दै यो कार्यक्रम आयोजना गरिएको हुदा सबैलाई सहभागीताको लागि संस्थाका संस्थापक अध्यक्ष प्रविन तिम्सिनाले अनुरोध गर्नु भएको छ ।

प्रतियोगितामा सहभागीताको लागि आयोजकले चैत्र २ गतेबाट फर्म खुल्ला गरिसकेको र चैत्र ७ गते सम्म फर्म खुल्ला रहने प्रतियोगिता संयोजक पुर्ण कुमार श्रेष्ठले जानकारी गराउनु भएको छ । प्रतियोगितामा ५० जनालाई सहभागी गराईने र पहिले फर्म भर्नेलाई प्राथमिकता दिईने पनि संयोजक श्रेष्ठले वताउनु भएको छ ।

प्रतियोगिता सहभागी हुन चाहानेले https://drive.google.com/drive/folders/11KWJLlGJOI75pMUFE8ZKys-BqdW8bIoK लिन्क प्रयोग गरी फर्म डाउनलोड गर्न सकिने छ । साथै दिएको क्युआर बाट समेत फर्म डाउनलोड गरि निशुल्क फर्म भर्न सकिने छ । फर्ममा सम्पुर्ण विवरण भरेर संस्थाका अध्यक्ष अध्यक्ष सुमन कार्कीको नम्बर ९८४२६७२७५६ , सचिव भिम राजवंशीको नम्बर ९८५२६६२०१२ वा संस्थाका कोषाध्यक्ष कार्यक्रम संयाेजक पुर्ण कुमार श्रेष्ठको नम्बर ९८१३६०५०६६ मा Whatasapp अथवा ईमेल scycnepal@gmail मा पठाउन सकिने संस्थाका सचिव भिम राजवंशीले जानकारी दिनु भएको छ ।

सुरुङ्गामा रहेको डिलाइट होटल परिसरबाट सुरु भई सुरुङ्गा पुल , जामुनबारी मावी , पशुपति प्रावि , प्रजापति सामुदायिक वन, जामुनखाडी सिमसार , पञ्चकन्या प्रावि भुरुङ्गा , धनुशकुटी चोक सुकेडाँगी , कनकाई सामुदायिक वनको पुर्वी सिमारोड हुदै ट्राफिक चोकबाट डिलाईट होटल सम्मको १५ किलोमिटरको दौड रहने सचिव राजवंशीले वताउनु भएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार , द्वितीय हुनेले नगद १० हजार र तृतीय हुनेले नगद ७ हजार पाँच सय सहित बिजेता सबैले ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक श्रेष्ठले जानकारी गराएका छन । तेस्तै सान्त्वना पुरस्कार स्वरुप ५ जनालाई नगद २ हजारका दरले प्रदान गरिनुका साथै सम्पुर्ण सहभागीलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिने पनि संयोजक श्रेष्ठले वताउनु भएको छ ।

कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम अोलिले आफु समेत लामो समय देखी सामुदायिक वन संग आवद्ध रहेको र यो साईकल दौडको रुट कनकाईमा रहेका ४ वटै सामुदायिक वन संग जोडिएको हुदा यस दौडले स्वास्थ साथै पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भुमिका खेल्ने भएकोले सबैले सहयोग गरी कार्यक्रम सफल बनाउन अनुरोध गर्नुभएको छ ।

कनकाइ नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको प्रथम पुरस्कारको प्रायोजन कनकाई ३ का युवा समाजसेवी हाल अस्ट्रेलियामा रहनु भएका दुर्गा उप्रेतीले गर्नु भएको छ भने सह प्रायोजक कनकाई नगरपालिका ४ रहेको छ । प्रतियोगितामा डिजिटल होम ईन्टरनेशनल प्रालि काठमाडौंको बिषेश सहयोग रहेको छ । प्रतियोगितामा युवा , खेल प्रेमि , सामाजिक ब्यक्तित्व, व्यवसायीहरुको समेत सहयोग रहेको अध्यक्ष कार्कीले वताउनु भएको छ ।