श्री कृष्ण परोपकार संस्थाको साधारणसभामा अग्रज साथै संरक्षक सम्मानित

ठोस खबर , ८ चैत्र / श्री कृष्ण परोपकार संस्थाको १७ अौ बार्षिक साधारणसभाको अवसरमा संस्थाले जेष्ठ नागरिक साथै संरक्षकहरुलाई सम्मान गरेको छ ।
शुक्रबार संस्थाको सभाहलमा सम्पन्न साधारणसभामा संस्थाका दुई जना जेष्ठ नागरिक र छ जना संरक्षकहरुलाई उहाहरुले संस्थामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा जेष्ठ नागरिक पुरुष तर्फ दशरथ घिमिरे र महिला तर्फ विष्णुमाया बुढाथोकी रहनु भएको छ भने संरक्षक तर्फ डा. पुण्यप्रसाद पौड्याल , धनकुमारी खनाल , हरि प्रसाद दाहाल , दुर्गाप्रसाद पाठक , गुरु प्रसाद गौतम र स्वर्गीय हरिमाया कार्कीको परिवारबाट मिरा कार्की रहनु भएको छ । उहाहरुलाई संस्थाका अध्यक्ष टिकाराम अधिकारी , प्रमुख अतिथि कनकाई नगरपालिका ४ का वडा अध्यक्ष रोशन सुवेदी पुर्व अध्यक्ष सुरेश गुरुङ लगायतले सम्मान गर्नु भएको थियोे ।

कार्यक्रममा अध्यक्ष अधिकारीले संस्थाले गत बर्षमा गरेका कार्यहरुको प्रगति विवरण साथै भावी कार्ययोजना सहितको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।
त्यसैगरी कोषाध्यक्ष खगेन्द्र कुमार श्रेष्ठले संस्थाको ५ लाख ३१ हजार आठसय चालिस बराबरको प्राप्ति भुक्तानी समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त दुबै प्रतिवेदन हलबाट पारित समेत भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी कनकाई ४ का वडा अध्यक्ष रोशन सुवेदीले शुभकामना मन्तव्य राख्दै विभिन्न आरोह अवरोह पार गर्दै संस्था अगाडि बढ्दै गएकोमा यस अवस्थामा संस्थालाई ल्याउन योगदान दिनेहरु लाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाले वडाको सिलिङ् बजेटमा एउटा राम्रो एकतले घर वनाउन पनि हम्मेहम्मे हुने रकम विनियोजन हुने भएपनि सो रकमबाट केहि मात्रामा र थप नगरबाट समेत गरेर श्री कृष्ण परोपकार संस्थालाई सहयोग गर्दै आएको वताउदै आगामी दिनमा समेत सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा बिशेष अतिथि सम्मानित ब्यक्तित्व डा. पुण्यप्रसाद पौड्याल , संस्थाका पुर्व अध्यक्ष सुरेशकुमार गुरुङ , सगुन मिहला सहकारी संस्था लि. को अध्यक्ष बिन्दा थापा , लगायतले सल्लाह सुझाव सहित शुभकामना मन्तब्य राख्नु भएको थियोे ।
कनकाई वडा नं. ४ का वडा सदस्यहरु मोहन संग्रौला , शेष प्रसाद प्रसाईं , कनकाई सामुदायिक वनका टोल नं. ४ को ४ का संयोजक भवानी प्रसाद निरौला , छत्रमाया लम्साल, देविमाया दाहाल लगायतको आतिथ्यता रहेको कार्यक्रममा संस्थाका आजिवन सदस्य , संरक्षक सदस्य , सहयोगी दाता लगायतको उपस्थित रहेको थियोे ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको अौचित्यमाथी प्रकाश संस्थाको उपाध्यक्ष रामजी देवि गौतमले पार्नु भएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव होमनाथ पराजुलिले गर्नु भएको थियोे ।