बिभिन्न कार्यक्रम गर्दै मनायो स्वर्णलक्ष्मीले १६ अौ स्थापना दिवस

ठोस खबर , ९ चैत्र / झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले कनकाईस्थित सुरुङ्गामा रहेको सेवा केन्द्रमा १६ औं स्थापना दिवसका अवसरमा बिभिन्न कार्यक्रम गरेको छ ।

साकोसले शनिवार सुरुङ्गामा रक्तदान, दन्त परिक्षण, आँखा शिविर, बित्तय शिक्षा, सदस्य सम्मान तथा पुरस्कृत, बिद्यार्थीलाई ब्याग वितरणलगायतका कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।

साकोसका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि चम्लागाई, भृकुटी मावि दुर्गापुरका प्रधानाध्यापक चण्डीकाप्रसाद उपाध्यय, रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाका निवर्तमान अध्यक्ष बालकृष्ण प्रसाई, भगवती साकोसका उपाध्यक्ष तोम बाह्रकोटीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
सोही कार्यक्रमका बिच भृकुटी माविका २५ जना बिद्यार्थीलाई ब्याग बितरण गरिएका थियो भने सुरुङ्गा सेवा केन्द्रका सदस्य प्रिति गर्ग, भिष्म बुर्जामगर, उदयनाथ शाह, लोकेन्द्र खड्का र कमलप्रसाद थपलियालाई सम्मान गरिएको थियो । कार्यक्रममा बित्तिय शिक्षा प्रदान गरिएको थियो । बित्तिय शिक्षाको शहजीकरण संस्थाका व्यवस्थापक कमल घिमिरेले गर्नुभएको थियोे ।

दन्त परिक्षण स्वर्णपार्वती डेन्टल दमकका डा. भोगेन्द्रकुमार सिंहको नेतृत्व, आँखा शिविर पाथिभरा नेत्रालय दमकका डा. शिवशंकर महतको नेतृत्व र रक्तदान कार्यक्रम रेडक्रम उपशाखा दमकको प्राविधक सहयोग तथा डा. सिद्धार्थ दाहाल नृतृत्वको टोलीले गरेको सुरुङ्गा सेवाकेन्द्रका प्रमुख विनोद घिमिरेले जानकारी दिनुभयो ।

झापा र मोरङ कार्यक्षेत्र रहेको साकोसको मुख्य कार्यालयसहित ५ वटा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ । गत चैत ७ गतेदेखि ११ गते मुख्य कार्यालयसहित सवै सेवा केन्द्रमा स्थापना दिवसको अवसरमा यस प्रकारका बिभिन्न कार्यक्रम गर्दै गरेको सुरुङ्गा सेवा केन्द्रका प्रमुख विनोद घिमिरेले जानकारी गर्नुभएको थियोे ।
कार्यक्रममा कनकाई नगर सहकारी प्रतिनिधि कमला विश्वकर्मा, सुरुङ्गा जेसीजकी उपाध्यक्ष सरिता गुरागाई, दोमुखा सहकारीका ब्यवस्थापक रमेश बाह्रकोटी लगायतको आतिथ्य रहेको थियो ।
१० हजार ४३० जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ११ करोड ४५ लाख ७०० रुपैयाँ रहेको बताइएको छ । यस्तै सुरुङ्गा सेवा केन्द्रमा १०३० सदस्य रहेका छन् भने ७४ लाख ९६ हजार ५०० शेयरपुँजी रहेको बताइएको छ । स्वागत साकोसका सञ्चालक समिति सदस्य राजेन्द्र श्रेष्ठले गरेको कार्यक्रमको सञ्चालन संस्थाका मुख्य कार्यालयका ब्यवस्थापक कमल घिमिरेले गर्नुभएको थियोे ।