खुल्ला साईकल दौड प्रतियोगिता २०८१ को विजेता वने उदयपुरका सेर्पा

ठोस खबर , ९ चैत्र / सुरुङ्गा सहकार्य युवा क्लबको आयोजनामा “आन्तरिक पर्यटन प्रबर्द्धन एवम् वातावरण संरक्षणका लागि खुल्ला साइकल दाैड” नाराकासाथ शनिवार सुरुङ्गामा भएको खुल्ला साईकल दौड प्रतियोगितामा उदयपुर गाईघाटका निमा सेर्पा विजेता बन्नु भएको छ ।
१५ किलोमिटर साईकल दौडको उक्त प्रतियोगितामा सेर्पाले २९ मिनेट २९ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै विजेता बन्नु भएको हो । यसैगरी झापा मेचीनगरका अर्जुन बस्नेतले ३० मिनेट १० सेकेन्डमा निर्धारित दुरीपूरा गर्दै दोस्रो र मेचीनगरकै मिलन राजवंशीले ३० मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै तेस्रो हुनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ७ हजार ५०० रुपैँया प्राप्त गर्नुभयो । यसैगरी प्रतियोगितामा प्रदिपकुमार शाह, वादल लिम्बु, साहिल नेपाली, समिर चौधरी र युवराज लावतीले शान्तना पुरस्कार जनही २ हजार रुपैँया प्राप्त गर्नुभयो ।

प्रतियोगितामा सहभागी ३ जना महिलाहरु सुष्मा शाक्य , संगिता दनुवार र डाक्टर गृष्मा रावललाई समेत आयोजकले हौसला स्वरुप नगद पुरस्कार प्रदान गरेको थियो ।
बिजयी प्रतियोगिहरुलाई कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटी, क्लवका संस्थापक अध्यक्ष प्रविन तिम्सिना, सचिव कमल कट्टेल प्रथम र द्वितीय पुरस्कारका प्रायोजक दुर्गा उप्रेतीको ममतामयी माता गिता उप्रेती लगायातले नगद पुरस्कार साथै ट्रफी , मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
सुरुङ्गामा रहेको डिलाइट होटल परिसरबाट सुरु भई सुरुङ्गा पुल , जामुनबारी मावी , पशुपति प्रावि , प्रजापति सामुदायिक वन, जामुनखाडी सिमसार , पञ्चकन्या प्रावि भुरुङ्गा , धनुशकुटी चोक सुकेडाँगी , कनकाई सामुदायिक वनको पुर्वी सिमारोड हुदै सुरुङ्गा चोकबाट डिलाईट होटलमा पुगी सम्पन्न भएको प्रतियोगितामा झापा , मोरङ्ग , सुनसरी, उदयपुर लगायातका जिल्लाबाट ५० जना भन्दा बढीको सहभागिता रहेको थियो । जसमा १० बर्षिय वालकदेखि लिएर भद्रपुर नगरपालिकाका पुर्व नगरप्रमुख जीवन कुमार श्रेष्ठ, झापाली पत्रकार हिमाल खरेलसम्मको सहभागिता रहेको थियोे ।
कार्यक्रमले सकरात्मक सन्देश प्रवाह गरेको भन्दै आगामी बर्षहरुमा समेत यस प्रतियोगितालाई निरन्तता दिदै जाने आयोजक समितिका अध्यक्ष सुमन कार्कीले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाकाका प्रमुख राजेन्द्रकुमार पोखरेल साथै बिशेष अतिथि कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले प्रतियोगिताको उद्घाटन गर्दै साईकल दौडबाट नगरवाशीले धेरै कुरा सिक्न सक्ने भन्दै प्रतियोगिताको निरन्तताको कामना गर्नुभयो ।
बढ्दो सवारी दुर्घटना, वायु प्रदुर्षण रोक्न र कनकाई नगरका पर्यटकिय स्थानहरुको प्रचारमा समेत प्रतियोगिताले मद्धत मिलेको नगरउपप्रमुख शर्माले बताउँनुभयो । कनकाइ नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको प्रथम र द्वितीय पुरस्कारको प्रायोजन कनकाई ३ का युवा समाजसेवी हाल अस्ट्रेलियामा रहनु भएका दुर्गा उप्रेतीले गर्नु भएको थियोे भने सह प्रायोजक कनकाई नगरपालिका ४ रहेको थियोे ।
प्रतियोगिताको अौपचारिक उद्घाटन कार्यक्रममा उपस्थित सबैलाई स्वागत कार्यक्रम संयोजक पुर्णकुमार श्रेष्ठले गर्नु भएको थियोे , क्लबका सल्लाहकार कमल कट्टेलले अौचित्य माथि प्रकाश पार्नुभएको कार्यक्रमको सन्चालन सचिव भिम राजवंशीले गर्नुभएको थियोे ।