चुडाल बन्धुले चैत्र १७ गते देखी श्रीमददेवी भागवत महापुराण गर्ने

ठोस खबर /चुडाल बन्धुद्वारा यहि चैत्र १७ गते देखी बन्धुको केन्द्रीय कार्यलय परिसर कनकाई ८ लक्ष्मीपुरमा श्रीमद् देवी भागवत महापुराण गरिने भएको छ ।
वंश महापुरुष मुलपुर्खा दशरथ लगायत वहाँका दिवंगत भएका सम्पुर्ण वंशज पितृहरुको मोक्ष प्राप्ति साथै विश्व शान्ति , जिवित सन्ततीको सुख सम्वृद्धिको कामना , “दशरथ स्मृति अक्षयकोष वृद्धि ” साथै बन्धुको कुलमन्दिर परिसरलाई धाममा परिणत गर्न १८ पुराण लगाउने सिलसिलामा यस बर्ष दसरथ स्मृति कोषको आयोजनामा श्रीमद् देवी भागवत महापुराण आयोजना गरिएको चुडाल बन्धु कल्याण केन्द्रीय समिति अध्यक्ष गोपाल चुडालले जानकारी दिनुभएको छ ।

“हामी दशरथका सन्तती एक हौं , आपसी सद्भाव र प्रेमलाई मजवुत बनाअौ । दिर्घरोगिहरुको उपचारमा एकजुट वनौ , चुडाल बन्धुहरुको संस्कारलाई संसारभर फैलाऊ” नाराका साथ आयोजित पुराणबाट आर्जित रकम दशरथ स्मृति कोषमा जम्मा गरिने र उक्त कोषबाट बन्धु भित्रका बिभिन्न दिर्घ रोगीहरुको उपचारमा साथै समाजका बहुआयमिक कार्यहरुमा सहभागीता जनाईने पुराण मुल आयोजक समिति दशरथ स्मृति कोषका अध्यक्ष प्रेम चुडाल (प्रकाश)ले वताउनु भएको छ ।

पुराण सम्पन्न गर्ने अभियानमा लागी रहदा पुराणको सम्पुर्ण तयारी पुरा गरिसकेको र सम्पूर्णमा निमन्त्रणा समेत गरिसकेको हुदा उपस्थितीका लागी चुडाल बन्धु कल्याण केन्द्रीय समितिका महासचिव भरतमणी चुडालले अनुरोध गर्नु भएको छ ।
पुराण सुरुबातको दिन विहान ठिक १० बजे पुराण आयोजना स्थलबाट पन्चेबाजा सहित कलशयात्रा सुरुगरी धनुषकुटी धाम पुगी पवित्र कनकाई नदिको जल ल्याई पुजा अर्चना गरिने कार्यक्रम रहेकाले कलशयात्रामा सहभागीताको लागि चुडाल बन्धु आमाबुबा कोषका अध्यक्ष तथा कलश यात्रा संयोजक कृष्णप्रसाद चुडालले अनुरोध गर्नु भएको छ ।
चुडाल कुल वंशका सम्पूर्ण पितृहरुको उद्धारहेतु आयोजित पुराणमा सम्पुर्ण पालिकाबाट उपस्थित जनाई पुराण भव्य र सव्य रुपमा सम्पन्न गर्न पालिका संयोजक होम चुडालले अनुरोध गर्नु भएको छ ।
महापुराणमा कथा वाचन पण्डित अर्जुन भट्टराईबाट र पाठ परायण पण्डित पर्शुराम भट्टराईबाट हुने वताईएको छ । पहिलो दिन चैत्र १७ गते बिहान १० बजेबाट पञ्चेबाजा सहित धनुषकुटी परिसरमा पुगी कनकाईको जल ल्याएर मण्डप पुजा , एवं पाठ परायण साथै कथा शुरु हुने महापुराणमा १८ गते बाट हरेक दिन बिहन ७ बजे देखि ९ बजे सम्म नित्य पुजा ,९ बजेबाट पाठ शुरु र १० बजे देखी १२ बजे सम्मकथा वाचन साथै दिउसो २ बजेबाट ४ बजेसम्म पाठ तथा कथा बाचन, वेलुका ७ बजे देखी १० बजे सम्म माहात्मेय , भजन कृतन , झाँकी एवं विविध भक्तिमय कार्यक्रम गरिने आयोजकले जानकरी गराएको छ ।
त्यस्तै चैत्र २४ गते साँझ ५ बजे लक्षवर्तिका प्रज्वलन गरिने कार्यक्रम रहेको र चैत्र २५ गते सामुहिक व्रतवन्ध , कुलपुजा , पुर्णाहुति , तिलार्चन एवं प्रसाद वितरण संगै महापुराण समापन हुने कार्यक्रम रहेको वताईएको छ ।
