ठोस खबर , २६ चैत्र / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा २०७५ सालमा स्थापना भएको हाम्रो पाठशाला बिद्यालयले सोमबार आफ्नो छैटौं बार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।

कलानिधि शिक्षा प्रतिष्ठान द्वारा सञ्चालीत हाम्रो पाठशालाले सोमबार कनकाई उद्योग वाणिज्य संघको सभाहलमा विविध कार्यक्रम गर्दै बिद्यालयको छैटौं बार्षिकोत्सव भव्यरुपमा मनाएको हो ।

बार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक तथा सञ्चालक अखिलकुमार कोइरालाले विद्यालय साथै  शिष्यको तर्फबाट आफ्ना गुरु शैक्षिक व्यक्तित्व सबैले हेडसर उपनामले समेत सम्बोधन गर्दै आएका कनकाई माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक चन्द्रप्रसाद मैलाली लाई सम्मान गर्नु भयो । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , कलानिधि शिक्षा प्रतिष्ठानका संरक्षक ईन्द्रमणी कोईराला , शुभद्रा कोईराला , प्रतिष्ठान तथा पाठशाला ब्यवस्थापन समिति अध्यक्ष धर्मकला पौडेल कोईरालाले खादामाला समर्पण गर्दै सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बिद्यार्थीहरुले प्रतक्ष वाद्यवाधनमा गित प्रस्तुत गर्नुका साथै , नृत्य , नाटक लगायतका  सांस्कृतिक प्रस्तुति दिनुभएको थियो भने विद्यालयका अभिभावकले समेत आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले हाम्रो पाठशालाले सुरुङ्गा क्षेत्रको शैक्षिक उन्नयनमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको भन्दै नगरलाई शैक्षिक हवको रुपमा विकास गर्ने नगरको लक्ष प्राप्तिमा पाठशाला महत्वपुर्ण अंग भएको वताउनु भयो । उहाँले शैक्षिक संस्थाहरूले व्यवहारिक शिक्षा प्रदान गर्नुका साथै नेपाली भाषा, संस्कृति र स्थानीय भूगोलसम्बन्धी ज्ञान समेट्न आवश्यक रहेकोमा समेत जोड दिनुभयो ।

कार्यक्रममा हाम्रो पाठशाला विद्यालयका सन्चालक तथा प्रधानाध्यापक अखिल कुमार कोईरालाले विद्यालयको बारेमा आफ्नो मन्तव्य राख्दै २०७५ फागुन २५ गते सरस्वती पुजाको दिनबाट सुरु भएको र सोहि बर्ष चैत्र  २५ गते सम्पुर्ण प्रक्रिया सम्पन गरी ७ जना बिद्यार्थी ३ जना शिक्षक र २ जना कर्मचारीबाट विधिवत संचालनमा आएको पाठशालाले स्थापनाको लगत्तै कोरोना कहर जस्ता बिभिन्न आरोह अवरोह पार गर्दै छैटौ बर्ष सम्म आई पुगेको बताउनु भयो । उहाले पाठशालालाई यहाँ सम्म डोर्‍याउन सदैव विस्वास गर्नुहुने अभिभावक , मेहनती शिक्षक , कर्मचारीहरुलाई बिशेष धन्यवाद दिदै बिद्यालयले यसै बर्षबाट कक्षा ६ सुचारु गरिने र ३ बर्ष भित्रमा कक्षा ८ सम्म संचान गरिने पनि जानकारी दिनु भयो ।

बार्षिकोत्सवकै अवसर पारेर बिद्यालयले पाठशाला  स्थापनाकालका तेह्रजोडी अभिभावकलाई विशेष सम्मान अर्पण गरेको छ । त्यसै गरी विद्यालयका बर्ष शिक्षकको रुपमा शिक्षक द्वय कमला प्रसाईं र शान्तिमाया राई , पुर्व शिक्षक मिरा प्रधान र बर्ष उत्कृष्ट बिद्यार्थी कृञ्जल निरौलालाई सम्मान अभिन्दन अर्पण गरेको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बिद्यालयका अभिभावक संघका अध्यक्ष शिव कडेलले बिद्यार्थी लाई बिद्यार्थी मात्रै बन्न नभई हरेक क्षेत्रमा नेतृत्व गर्न सक्ने सक्षम नागरिक बन्न सकुन भन्ने उदेश्यले अभिभावकले हाम्रो पाठशालामा आफ्ना नानिबाबुहरु पठाएको र बिद्यालयले पनि अभिभावकको सपना साकार पार्न सोहि अनुरुपको शिक्षामा जोड दिदै आएको बताउनु भयो । उहाँले आफ्ना नानीबाबुहरुलाई समय दिन अभिभावकलाई कन्जुस्याइँ नगर्न पनि अनुरोध गर्नु भयो ।

कलानिधि शिक्षा प्रतिष्ठान तथा पाठशाला ब्यवस्थापन समिति अध्यक्ष धर्मकला पौडेल कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा कलानिधी शिक्षा प्रतिष्ठानका संरक्षक इन्द्रमणि कोइराला, शुभद्रा कोइराला , कनकाई माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगी , कनकाई नगर प्याब्सन अध्यक्ष विनोद उप्रेती , कनकाई मावि ब्यवस्थापन समिति अध्यक्ष चन्द्र प्रसाईं , सुरुंगा जेसीजकी पूर्व अध्यक्ष सरला दाहाल पोखरेल, सुस्मा न्यौपाने, प्रविन तिम्सिना, कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष जनक कार्की, महासचिव सरोज सिटौला , रोटरी क्लबका अध्यक्ष लुवराज उप्रेती,  शैक्षिक एवं सामाजिक ब्यक्तित्व साथै अभिभावकको आतिथ्य रहेको थियोे ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत शिक्षक विमला रिजाल साथै कक्षा ३ का विद्यार्थीहरू रिदम घिमिरे र नौतन संग्रौलाले गर्नुभएको थियोे भने कार्यक्रम संचालन पुर्व शिक्षक मीरा प्रधानले गर्नुभएको थियोे ।