ठोस खबर , १२ बैशाख / मातातिर्थ औंसीको अवसर पारेर रोटरी क्लब अफ सुरुङ्गाले जेष्ठ माताहरुलाई सम्मान गरेको छ ।

क्लबका अध्यक्ष लुवराज उप्रेतीको ममतामयी माता हिमादेवी उप्रेतीको सौजन्य तथा रोटरी क्लबको आयोजनामा आगामी बैशाख १४ गते पर्नगएको मातातिर्थ अौंशिको अवसर पारेर शुक्रबारनै श्रीकृष्ण प्रणामी मन्दिर माइधाममा रहनु भएका माताहरुलाई सम्मान गरेको हो ।

कनकाई नगरपालिका ४ का वडा अध्यक्ष रोशन सुबेदिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा श्रि कृष्ण प्रणामी मन्दिर कनकाई ४ माईधाम आश्रममा बस्दै आउनुभएका १७ जना माता हरुलाई श्रद्धापुर्वक लताकपडा र मिठाई प्रदान गरिएको छ ।

निस्वार्थ भावले, सेवा गर्ने हिसाबले स्थापना भएको अन्तरास्ट्रिय संस्था रोटरी क्लबले “स्वार्थ भन्दा माथि सेवा भाव” का साथ कार्यहरु गर्दै आएको बताउदै क्लवका अध्यक्ष लुवराज उप्रेतीले बिषेशत क्लबले समुदायमा शिक्षा , स्वास्थ्य , वातावरण पर्यावरण साथै समुदायहरु संग जोडिने कार्यक्रम गर्ने गरेको र समुदाय संग जोडिने क्रममा नियमित रुपमा बिभिन्न चाडपर्वहरुमा कार्यक्रम गर्दै आएको बताउनु भयो । उप्रेतीले बिभिन्न ब्यक्ति तथा संस्थासंग समन्वय गरेर यस्ता कार्यक्रम गर्दै आएको र माता तिर्थ अौशिको अवसरमा पुजनिय माता हिमादेवी उप्रेतीको सौजन्यमा क्लबले यो कार्यक्रम गरेको जानकारी दिनु भयो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि कनकाई ४ का वडा अध्यक्ष रोशन सुवेदीले ज्येष्ठ नागरिक भनेको हामी सबैको जिउँदो देवता भएको र बिभिन्न धाममा गएर दर्शन गर्नु भन्दा ज्येष्ठ नागरिकहरुको सेवागरी उहाँहरुको दु:खमा मलमपट्टी गर्न सके त्यो भन्दा ठुलो पुण्य कुनैपनी नहुने वताउनु भयो ।
उहाँले ज्येष्ठ नागरिकको सेवामा सिंगो समुदाय सदैव संगै रहेको भन्दै यस्ता समाजिक क्षेत्रमा काम गर्दैगर्दा रोटरी संग वडा पनी जोडिएर सहकार्य गर्दै अधिबढ्ने वताउनु भयो । अध्यक्ष सुवेदीले मातातिर्थ अौसिको अवसरमा माताहरुको सम्मानका लागी सहयोग गर्नुहुने माता हिमादेवी र कार्यक्रम आयोजना गर्नुहुने रोटरी क्लबलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

दाता हिमादेवी साथै आयोजक रोटरी क्लब सुरुङ्गालाई धन्यवाद ज्ञापन गर्दै श्री कृष्ण प्रणामी मन्दिर कनकाई धामका अध्यक्ष भिष्ममैनालीले मन्दिर ब्यवस्थापनले यस मन्दिरमा आउने अतिथिहरुलाई भोजन साथै आवासको निशुल्क व्यवस्था गर्दै आएको साथै मन्दिरमा ज्येष्ठ माताहरुलाई आश्रमको रुपमा व्यवस्थापन गरी प्रत्यक माताहरु अलग अलग कोठामा वस्दै आउनुभएको जानकारी गराउदै उहाँहरुलाई विभित्र संघसंस्था साथै ब्यक्तिहरुले विभिन्न अवसरमा आएर भेट्ने , सहयोग गर्ने गरेको वताउनु भयो । उहाले आगामी दिनमा पनि यस्ता संघसंस्था साथै ब्यक्तिहरुको सदैब साथ पाईरहने विश्वास समेत ब्यक्त गर्नु भयो ।

कार्यक्रममा रोटरी क्लबका रिजन ७ का एसिस्टेन गभर्नर कुमारमणी पोखरेल , पुर्व अध्यक्ष टिका प्रसाद कट्टेल , प्रेसिडेन्ट ईलेक्ट डिल्लीराम मैनाली , सेकेन्ड भाईस प्रेसिडेन्ट सरला दाहाल पोखरेल , ट्रेजरर उषा यदुका अोली , सर्जेन्ट्ड अाम्स मेनुका उप्रेती शिवाकोटी , एड्मिन सेकेन्ड चेयर रेनुका मैनाली , सदस्य चन्द्रकला दाहाल कट्टेल , फस्ट लेडी शुष्मा न्यौपाने उप्रेती , मन्दिर व्यवस्थापन समिति कोषाध्यक्ष याम संग्रौला , ज्येष्ठ पिता प्रजापति मैनाली लगायतको उपस्थित रहेको थियोे ।
क्लबका अध्यक्ष लुवराज उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन क्लबका सचिव सोमनाथ उप्रेतीले गर्नुभएको थियो ।