ठोस खबर , २० बैशाख / रोटरी क्लब अफ सुरुङ्गाले शारीरिक अशक्त ब्यक्तिहरुलाई ह्वील चियर वितरण गरेको छ ।
क्लबले शनिबार कनकाई नगर र सिवसतासी नगर भित्रका ५ जना शारीरिक अशक्त ब्यक्तिहरुलाई घरघरमै पुगेर ह्वील चियर वितरण गरेको हो ।

रोटरी क्लब अफ सुरुङ्गाको पहल र रोटरी क्लब अफ काठमाडौं मेट्रो साथै अन्तर्राष्ट्रिय संस्था लेटर डे सेन्ट च्यारीटीजको सहकार्यमा शारीरिक अशक्त व्यक्तिहरुको सहजताको लागि यस अघिनै घरघरमा पुगेर उहाँहरुको शरिरसंग मेल खानेगरिको सुविधा युक्त ह्वील चियर तयार गरीएको र सो चेयर आज वितरण गरिएको क्लबका अध्यक्ष लुवराज उप्रेतीले जानकारी दिनु भएको छ ।
वितरण गरिएको ह्वील चियर गुणस्तरीय भएकाले धेरै टिकाउ हुने बताउनुहुँदै उप्रेतीले आवश्यकता अनुसार बढाउन घटाउन मिल्ले र हातले गुडाएर वरपर गर्न सकिने गरिको भएको पनि जानकारी गराउनु भएको छ ।

उप्रेतीले बिभिन्न ब्यक्ति तथा संस्थासंग समन्वय गरेर  “स्वार्थ भन्दा माथि सेवा भाव” का साथ बार्षिक रुपमा कार्यक्रमहरु तयार गरी रोटरी क्लब निरन्तर समाज संग जोडीदै आएको जानकारी गाराउदै यो कार्यक्रम पनि क्लबको नियमित बार्षिक कार्यक्रम अन्तर्ग रहेको वताउनु भयो ।

ह्वील चियर कनकाई नगरपालिका वडा नं. १ प्रजापति निवासी गिता देवि भट्टराई , वडा नं. ३ निवासी देवेन्द्र बस्नेत , वडा नं. ४ निवासी रोसन दाहाल , वडा नं. ५ निवासी विनिता दर्जि परियार र सिवसतासी नगरपालिका  ९ निवासी सनिल न्यौपानेलाई प्रदान गरिएको छ । क्लबले ह्वील चियर प्रदान गरेसंगै प्राप्त कर्ताहरुले सहयोगी सबै प्रति आभार व्यक्त गर्दै खुशी प्रकट गर्नु भएको छ ।

ह्वील चियर वितरणको क्रममा कनकाई ४ का वडा अध्यक्ष रोशन सुवेदिले आफ्नो वडामा सहजीकरण गर्नु भएको थियोे भने कनकाई ५ का वडा अध्यक्ष कृष्णबहादुर राई र वडा सदस्य डिल्ली उप्रेतीले आफ्नो वडामा सहजीकरण गर्नु भएको थियोे ।

घरघरमै पुगेर ह्वील चियर वितरण गरिएको कार्यमा रोटरी क्लब रिजन ७ का एसिस्टेन गभर्नर कुमारमणी पोखरेल , रोटरी क्लब डिस्ट्रिक ३२९२ आधारभुत शिक्षा तथा साक्षरता समिति सदस्य सुशील श्रेष्ठ , पुर्व अध्यक्ष टिका प्रसाद कट्टेल , प्रेसिडेन्ट ईलेक्ट डिल्लीराम मैनाली , फस्ट भाईस प्रेसिडेन्ट अखिल कोईराला , सचिव सोमनाथ उप्रेती , सर्जेन्ट् आम्स मेनुका शिवाकोटी , पब्लिक इमेज पर्सन कमल कट्टेल , मेम्बर सिप चेयर मिनाल तिम्सिना , युथ सर्भिस चेयर दिपक कुँवर , एड्मिन सेकेन्ड चेयर रेनुका मैनाली , रोट्रयाक्ट क्लब अफ सुरुङ्गाका अध्यक्ष प्रतापबाबु जम्मर कट्टेल लगायतको उपस्थित रहेको थियोे ।