इटहरी , २१ बैशाख / निर्माणाधीन घरमा पानी हाल्ने क्रममा छतबाट लडेर बहालवाला प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।

इटहरी २० तरहरा पुष्पलाल टोल स्थित निर्माणाधीन घरको छतमा आइतबार बिहान करिब साढे सात बजेको समयमा पानी हाल्ने क्रममा चिप्लिएर लड्दा धनकुटामा कार्यरत असई प्रेम कटुवालको मृत्यु भएको सुनसरी प्रहरिले जनाएको छ ।

घरको छजी बाट पानी हाल्ने क्रममा लडेर गम्भीर घाईते भएका अन्दाजी ४५ वर्षीय कटवाललाई उपचारका लागि प्रहरिले तत्कालै अस्पताल लगेपनि उपचारको क्रममा कटुवाललमई चिकित्सकले मृत घोषित गरेको वताईएको छ ।
श्रीमती र दुई छोरी रहेका कटवालको घटनाबारे थप अनुसन्धान जारी रहेको सुनसरी प्रहरीको वताएको छ ।