कनकाई नगरपालिका बालमैत्री नगर घोषणा , बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्दै ५३ सूचकहरू पुरा

चन्द्र बस्नेत , ठोस खबर / झापाको कनकाई नगरपालिका बालमैत्री नगर घोषित भएको छ । कनकाई नगरपालिका परिसरमा बिहिवार नगरको १२औं स्थापना दिवसको अवसरमा आयोजीत कार्यक्रममा नगरलाई स्थायी शासनयुक्त पूर्ण बालमैत्री तथा खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।
कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी तथा सिंचाइ मन्त्री एकराज कार्की जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख आशा शर्मा शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेलाई संयुक्त रुपमा नगरलाई बालमैत्री नगर घोषित भएको प्रमाणपत्र समेत प्रदान गर्दै कनकाई नगरपालिका बालमैत्री तथा खोप सुनिश्चित नगर भएको घोषणा गरिएको थियोे ।

नगर कार्यपालिकाबाट बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने निर्णय २०७९ माघ १८ गते पारित गरेको स्मरण गर्दै कार्यक्रमका अध्यक्ष तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलले सरकारले निर्धारण गरेको ५१ वटा सूचकमा दुई स्थानीय सूचक थप गरी कुल ५३ सूचकहरू पूरा गरेर कनकाई नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले कनकाईमा बालविवाह न्यूनीकरण, लागूऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा कार्ययोजना बनाएर काम गरिने प्रतिबद्धता जनाउनु भएको कार्यक्रममा औचित्य माथि प्रकाश पार्दै कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले नकाई नगरपालिका बालमैत्री घोषणा हुनु पुर्वनै पनि बाल मैत्री नै रहेको र अव नगरलाई वाल मैत्री घोषणा गरिसके पछि थप जिम्मेवारी बोध भएको भन्दै सबै जिम्मेवार निकायमा हुने र बाल अधिकार पहिलेको भन्दा थप सुनिश्चित हुने विश्वास रहेको बताउनु भयो ।
तेस्तै कनकाई नगरपालिका झापाको तेस्रो र कोशी प्रदेशको पाँचौं तथा देशकै २४ औं बालमैत्री नगर बनेको कनकाई नगर बालकल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिनुभयो भने बालसञ्जाल कनकाई नगरका पुर्व अध्यक्ष अबिशेक मिश्र , अध्यक्ष विजय तिवारी लगायतले बालबालिकाका हकमा नगरसँग सहकार्य गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा लिम्बु, किरात, सन्थाल समुदाय, बालसञ्जाल, स्काउट, नौमती बाजा समूहहरू , शिक्षक , जनप्रतिनिधि , बिद्यार्थी लगायतको सहभागितामा दुर्गापुरबाट नगर कार्यपालिका भवन सम्म र्याली निकालिएको थियो भने कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी , जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बराल, शिवसताक्षि नगरपालिका नगर प्रमुख मेघा हाङ थोप्रा रोशन, नेपाली कांग्रेस नगर सभापति दुर्गा प्रसाई, नगरका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि संघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायतले घोषणा कार्यक्रमलाई सफल कार्यनयन तर्फ अगाडी बढाउन सुझाव दिनुभएको थियोे ।
नगरका जनप्रतिनिधि ,नगर बासी , नगर भरि रहेका निजि तथा सामुदायिक विद्यालयका शिक्षक तथा विध्यार्थी , वाल क्लबका बालबालिका , कर्मचारी सुरक्षा निकाय तथा सन्चारकर्मी समेत सहभागी रहेकोे थियोे ।
सुनिश्चित बालमैत्री वानी व्यहार सुखी र समृद्ध कनकाईको आधार बालमैत्री नगरको दिगोपनका लागि सवै जुटौं, कोही नछुटौं भन्ने नाराका साथ बालमैत्री नगर घोषणा गरिएको कार्यक्रमको सन्चालन जनप्रतिनिधि द्वय रिता उप्रेती र निर्मला खड्काले संयुक्त रुपमा गर्नुभएको थियोे ।