कनकाई २६ , बैशाख / झापाको कनकाई नगरपालिका वडा न ७ का महिलाहरुलाई उद्घोषण तथा माइन्यूट लेखन सम्बन्धी तालिम दिईएको छ ।

कनकाई वडा नम्वर ७ को आयोजनामा दिईएको ५ दिने महिलाका लागि उद्घोषण तथा माइन्यूट लेखन सम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ ।

कनकाई नगरपालिका वडा नं. ७ को सभाहलमा आयोजित तालिम गत बैशाख २२ गतेबाट सुरु भई २६ गते सुक्रबार कार्यवाहक वडाध्यक्ष अरुणा सुब्बाकाे अध्यक्षतामा एक कार्यक्रम गरी समापन गरिएको हो । कार्यक्रममा कनकाई नगरपालिकाकी उप–प्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी शिवाकोटीले महिलाहरुले आफ्नो व्यतित्व बिकास गर्न इच्छा शक्ति जागृत गर्नु पर्ने बताउनु भयो । उहाँले नगर र वडाले ल्याएका कार्यक्रममा महिलाको सहभागिता न्यून देखिनु अनि महिलाको लागि कार्यक्रम भएन भनि गुनासो गर्नु उचित नभएको बताउनु भयो । उहाँले यस्ता तालिमहरु नगरमा अति आवश्यक रहेको मनन गर्दै आगामी दिनमा बजेटको ब्यस्थापन गर्दै प्राथमिकतामा राख्ने विश्वास दिलाउनु भयो । प्रमुख अतिथि शिवाकोटीले शिक्षा क्षेत्रलाई समुन्नत बनाउन सबै एकजुट हुनेपर्नेमा समेत जोड दिनुभयो ।

महिलाहरुका लागि आयमूलक तथा क्षमता बिकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको वडा नम्वर ७ की कार्यवाहक वडाध्यक्ष सुब्बाले बताउनु भयो । उहाँले प्रशिक्षार्थीहरुले सिकेको सिपलाई सकेसम्म टोल समूह तथा भेला लगायतमा सहभागी भई सहि सदुपयोग गर्दै अगाडी बढ्न सुझाव दिनुभयो ।

वडा नम्वर ७ भित्रका १० टाेलबाट २/२ जनाका दरले २० जनाको सहभागिता रहेको तालिमा सहजीकरण पत्रकार मोफसल अनलाइनका प्रबन्ध निर्देशक तथा कोशी दर्पणका समाचार प्रमुख भरत प्रसाई तथा सञ्चारकर्मी निराजन निरौलाले गर्नु भएको थियो ।
तालिमका प्रशिक्षक प्रसाईले तालिम सिकाईको थालनी मात्रेै भएको बताउदै निरन्तर अभ्यास गरीरहन प्रशिक्षर्थीहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा वडा सदस्य निर्मल आङ्ग्थोपोले स्वागत सहित चालू आर्थिक वर्षमा वडाबाट भएका कामका बारेमा जानकारी गराउनुभएको थियोे । उहाँले वडा न ७ मा प्राप्त बजेटलाई योजनावद्व रुपमा सबै क्षेत्रमा मिलाएर युवा, महिला , बालबालिका , जेस्ट नागरिक लक्षित तालिमहरु निरन्तर भईरहेको बताउनुभयो ।
उहाँले वडामा प्रतेक वर्षको बजेटमा महिलाहरू लाई नै प्राथमिकतामा राखेर विनियोजन गरेर काम गरिहेको बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य भगन टुडु सतार, वडा सदस्य सावित्रा सार्की, टोल बिकास समिति ४ का अध्यक्ष कमल न्यौपाने , टोल बिकास समिति ८ का भक्त बहादुर तामाङ, टोल बिकास समिति ९ का अध्यक्ष महेश्वर शिवाकोटी लगायतले सिकेको सिपलाई सहि सदुपयोग गर्न सुझाव दिनुभएको थियोे । कार्यक्रममा वडाका टोल संयोजक, महिला समुहका अध्यक्ष तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियोे ।