संगीत साधन कला केन्द्रको बार्षिक उत्सबमा श्रष्ठा सम्मान , साङ्गीतिक प्रस्तुति संगै बाल गित सार्वजनिक

ठोस खबर, २७ बैशाख / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको संगीत साधना कला केन्द्रले विभिन्न साङ्गीतिक प्रस्तुति, बाल गित सार्वजनिक र श्रष्ठा सम्मान गर्दै आफ्नो २२ औ बार्षिक उत्सब सम्पन्न गरेको छ ।कला केन्द्रले शनिबार लायन्स क्लब अफ सुरुङ्गाको सभाहलमा भव्य साङ्गीतिक कार्यक्रम गर्दै आफ्नो स्थापनाको २२ औ बार्षिकोत्सव मनाएको हो ।

पुर्वका कयौं संगित पारखीहरुलाई शास्त्रीय संगीत शिक्षा प्रदान गरिसक्नुभएका शास्त्रीय संगीतका ज्ञाता कुशेस्वर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगित साधना कला केन्द्रका सबै बिद्यार्थीहरु , अभिभावक माया गजुरेल र सुजन काफ्ले , बिद्यालय स्थापना कालका बिद्यार्थी झलक संग्रौला लगायतले गित प्रस्तुत गर्नु भएको थियोे भने बिद्यालयमा तवला प्रशिक्षण लिईरहनु भएका बिद्यार्थीहरुले तवला बजाएर प्रस्तुति दिनु भएको थियोे ।
साधना कला केन्द्रका तवला प्रशिक्षक दिनेश घिमिरेले गित संगीतको संयोजन गर्नुभएको कार्यक्रममा झापाकै उत्कृष्ट बाद्यवाधकहरु बिमल बुढाथोकी , मित्र मगर , अनिल रसाइली , राजु तामाङ र फिरोज रसाइलीले संगित दिनुभएको थियोे ।
कार्यक्रमकै अवसरमा संगित साधना कलाकेन्द्रकी बिद्यार्थी स्मारिका गुरगाँईको आवाजमा रहेको “मेरि आमाको मायामा बाचेकी म ” गितको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियोे । उक्त भिडियो प्रमुख अतिथि राईले प्रोजेक्टरबाट प्ले गर्दै सार्वजनिक गर्नु भएको थियो ।

यसैक्रममा कार्यक्रममा लामो समयदेखि स्थानीय क्षेत्रमा रहेर गित संगीतमा पुर्याएको योगदानको कदर गर्दै , सयौको संख्यामा गित तथा भजनमा स्वर र संगीत भरिसक्नु भएका र हाल आफैले घरमै रेकडिङ्ग स्टुडियो समेत खोलेर गित संगितमै समर्पित रहनु भएका गायक तथा संगीतकर्मी दुर्गा ओलीलाई नगद सहित सम्मान गरिएको थियो । ओलिलाई कार्यक्रमका प्रमुख अतिथि कुशेस्वर राई , विशिष्ट अतिथिहरु टिका भण्डारी , चन्द्र भण्डारी , प्राज्ञ पवन राजवंशी , डा पुण्य प्रसाद पौडेल लगायतले नगद प्रदान गर्दै दोसल्ला ओडाएर सम्मान पत्रबाट सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि कुशेस्वर राईले गित संगितले मानिसलाई मनोरञ्जन प्रदान गर्नुका अलवा जसरी गित गाउदा संगित संग अनुशासित ढंगले तालमेल मिलाएर नगाए गित राम्रो बन्दैन त्यसरीनै समाज निर्माणमा समेत अनुशासन भङ्ग भए सभ्य समाज निर्माण नहुने हुदा सभ्य समाज निर्माणका लागी अनुशासित रहन पनि गित संगितले प्रेरित गर्ने वताउनु भयो ।
उहाँले कुनै पनि विद्यालय खोल्नु ठूलो कुरा नभएपनि त्यसलाई समाजमा टिकाई निरन्तरता दिनु नै ठूलो कुरा भएको बताउदै सुरुङ्गाको गहनाको रुपमा रहेको कला केन्द्रलाई बचाई रहन सुरुङ्गा वासिले गरेको सहयोग अतुलनिय रहेको भन्दै सन्चालक समिति साथै सम्पुर्ण कनकाई वासीहरुको खुलेर प्रसंङ्सा गर्नुभयो ।

बिशिस्ट अतिथि वरिष्ठ गितकार तथा संगितकार टिका भण्डारी, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी लगायतले मन्तव्य राख्दै संगित साधना कलाकेन्द्रले झापामा रहेर संगित क्षेत्रमा पुर्याएको योगदानको प्रसंसा गर्दै गित संगीतका माध्यमबाट समेत कनकाई नगरपालिकाको प्रचार विश्वसामु पुर्याउन यसका संस्थापक अध्यक्ष ध्रुव पाठक र संगित साधना कला केन्द्र परिवारको अहम भुमिका रहेको बताउँनुभयो ।

कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै कला केन्द्रका संस्थापक संचालक ध्रुव पाठक कला केन्द्र स्थापना देखि अहिलेसम्मका भए गरेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले दाताहरूको सहयोगमा १ करोडको अक्षकोष स्थापना गर्ने लक्ष्य रहेको र हाल विभिन्न दाताहरूबाट ४ लाख ६० हजार कोषमा जम्मा भएको बताउनु भयो । यस कोषको व्याजबाट संगीत सर्जकलाई हरेक बर्ष सम्मान तथा पुरस्कृत गरिदै जाने र निम्न आय भई गित संगितमा सम्भावना भए पनि शुल्क तिरेर संगीत सिक्न नसकीरहेका बिद्यार्थीलाई निशुल्क संगित सिकाईने पाठकले जानकारी दिनु भयो ।
हाल नगर भरिका प्राथमिक तह, आधारभूत तह, माद्यामिक तह नगरमा प्रथम हुने नानीबाबु, कनकाई तारामा प्रथम तथा द्वितीय हुने, नगर प्याब्सनमा प्रथम हुने, मेरीगोल्ड तारा, नगरका फरक क्षमता भई संगीतमा रुचि रहेका , दलित अपाङ्गता भएका समेत गरी १० जना विद्यार्थीलाई निःशुल्क संगित सिकाइँदै आएको पनि पाठकले जानकारी गराउनुभयो ।
कार्यक्रममा कनकाई नगरका जनप्रतिनिधि, साहित्यकार शिक्षासेवी , जिल्लाका विभिन्न संगीत विद्यालयका प्रमुख तथा प्रतिनिधि , स्थानिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , नगर क्षेत्रका सामुदायिक साथै निजि बिद्यालयका प्रमुख तथा प्रतिनिधि , संगीत विद्यालयका संस्थापक , अभिभावक , बुद्धिजीवी , समाजसेवी आदीको आतिथ्यता रहेको थियोे ।
संगित साधना कला केन्द्रका अध्यक्ष तुलसा तिम्सिना पाठकको अध्यक्षतामा भएको कार्यक्रममा कला केन्द्रका सचिव दिलिप खतिवडाले उपस्थित सवैलाई स्वागत गर्नु भएको थियोे भने कार्यक्रमको सञ्चालन कला केन्द्रका सचिव दिलिप खतिवडा र सहसचिव लेखनाथ गुरागाँईले संयुक्त रुपमा गर्नुभएको थियो ।