काठमाडौ , ६ जेठ / आज दिउँसो र राति पनि देशका विभिन्न स्थानमा वर्षा, हुरी र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल नेपालमामा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसमविद्हरूले बताएका छन् ।
जसकारण मौसम बदली हुनुका साथै कतै वर्षा, हावाहुरी र हिमपात भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। साथै मधेस प्रदेशसहित कोशी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भानवा छ।

यस्तै आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र मधेस प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागका ‍एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।