ठोस खबर ,९ जेठ / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको प्यारागन एकेडेमीका बिद्यार्थी हरुलाई बिद्यालयले व्यवहारिक ज्ञान दिने उदेश्यले शुक्रबार नगरपालिका कार्यलयमै लगेर नगर प्रमुख , उपप्रमुख र विभिन्न इकाई प्रमुखहरु संग अन्तरक्रिया कार्यक्रम गरेकोे छ ।

नगरले लागुगरेको ज्ञानमाला विषय अन्तर्गत रहेर कक्षा ७ र ८ मा अध्ययनरत एक सय २५ जना बिद्यार्थी हरुलाई नगर परिसरमै लगेर नगरमा हुनेगरेका गतिविधि , नगर प्रमुख , उपप्रमुख साथै विभिन्न शाखा हरुले गर्ने काम कर्तव्य र अधिकार बारे प्रतक्ष ज्ञान दिन बिद्यालयले यो कार्यक्रम गरेको बिद्यालयका प्रअ दिपक भट्टराईले वताउनु भएको छ ।

यस शिक्षण सिकाई अन्तर्गत बिद्यार्थीले नगरका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख आशा शर्मा शिवाकोटीको कार्य कक्षमै पुगेर उहाँहरुको काम कर्तव्य र अधिकारबारे जानकारी लिनुभएको थियोे । त्यसै गरी नगरका अन्य शाखाहरु कानुन तथा मानवअधिकार शाखा , शिक्षा शाखा , योजना शाखा , लेखा शाखा , प्राविधिक शाखा , रोजगार शाखा , बालबालिका शाखा , सामाजिक विकास शाखा , कृषि शाखा लगायतका शाखाहरुमा पुगी ति शाखाहरुको बारेमा जानकारी लिदै ति शाखाहरुले गर्ने काम बारे जिज्ञासा राख्नु भएको थियोे भने नगर प्रमुख , उपप्रमुख , साथै बिभिन्न शाखाका प्रमुखहरुले बिद्यार्थीले राखेका जिज्ञासा बारे प्रष्ट पार्नुभएको थियोे ।

यस संगसंगै ज्ञानमाला बिषय अन्तर्गत रहेर नगरको सभाहलमा नगर प्रमुख, उपप्रमुख , वडा अध्यक्ष र शाखा प्रमुखहरु संग एक संक्षिप्तअन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा प्यारगन एकेडेमीका संस्थापक तथा कार्यक्रमको अध्यक्ष चम्फा देवि खनालले कार्यक्रमको अौचित्यमाथी प्रकाश पार्दै प्रयोगात्मक रुपमा वास्तविक ज्ञान हासिल गर्न र आफुले नबुझेका कुराहरू प्रतक्षरुपमा सरोकारवाला संग प्रश्नोत्तर मार्फत प्रष्ट हुन सक्ने वानीको बिकास गर्न विद्यालयले निरन्तर यस किसिमको ब्यबहारिक शिक्षण सिकाई गराउदै आएको र सोही अभ्यास अनुसार नगरमा ल्याएर यो कार्यक्रम गरिएको वताउनु भयो ।

अन्तरक्रियामा बिद्यार्थीहरु आयुसी उप्रेती , सिद्धार्थ रिजाल , अनुभुति थापा , संकेत पौडेल , प्रिज्म प्रसाईं , प्रख्यात थापा , समिर सुवेदी लगायतले ज्ञानमाला पाठ्यक्रम लागु गर्नुको उदेश्य , समयमा पुस्तक उपलब्ध गराउन नसक्नुको कारण, सुर्तीजन्य पदार्थ निषेधित कार्यनयन नभएको , वालबालिकाका लागि कस्ता कार्यक्रमहरु रहेको , नदि नियन्त्रणमा के कसरि काम गरिदै गरेको , समाजमा हुनेगरेका बिभिन्न अपराधहरु नियन्त्रणमा नगरले कस्ता कार्यक्रम गर्ने गरेको लगायतका जिज्ञसाहरु राख्नु भएको थियोे ।

बिद्यार्थीले राखेका जिज्ञसाहरुमा नगरप्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख आशाशर्मा शिवाकोटी , कनकाई ३ का वडा अध्यक्ष युवराज चौलागाईं , नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारी , नगर वालकल्याण अधिकारी तथा विपद व्यवस्थापन प्रमुख उमानाथ ढकाल लगायतले प्रस्ट पार्नु भएको थियोे ।

कार्यक्रममा प्यारागन एकेडेमीका शिक्षक अभिभावक संघका अध्यक्ष भरत कुमार शिवाकोटीले मन्तव्य राख्दै विद्यार्थीहरुको व्यवहारीक सिकाईको लागी विद्यालयले गरेको प्रयासलाई नगरले स्थान दिएकोमा धन्यवाद ज्ञापन गर्नु भयो भने बिद्यालयका शिक्षक याम प्रसाद भण्डारी जानमले बिश्वको वारेमा जानकारी लिएका विद्यार्थीलाई आफ्नै स्थानीय क्षेत्रको ज्ञान नभई रहेको अवस्थामा नगरले ज्ञानमाला पाठ्यक्रममा अनिवार्य गरेको र सोही पाठ्यक्रम अनुसार विद्यार्थीले यसरी सिक्ने अवसर प्राप्त गरेको वताउनु भयो ।

प्यारागनका ज्ञानमाला बिषय शिक्षक कुशल दाहालले बिद्यार्थी हरुले सुनेर मात्रै जति ज्ञान लिन सक्छन व्यवहारिक रुपमा प्रतक्ष देखेर त्योभन्दा बढी ज्ञान हासिल गर्ने भएकोले प्यारागनले व्यवहारी शिक्षालाई प्रथमिकतामा राखेर शिक्षण सिकाई गर्दै आएको वताउनु भयो । अन्तरक्रिया कार्यक्रममा बिद्यालयका शिक्षक अनुप भट्टराईले सहजिकरण गर्नु भएको थियोे ।