ठोस खबर , १० जेठ/ कनकाई प्रतिभा प्रतिष्ठान र नारायणी मेमोरियल फाउन्डेसनले संयुक्त रुपमा कविता प्रतियोगिता साथै छात्रवृत्ति वितरण कार्यक्रम गरेका छन ।

युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्तीको अवसर पारेर कनकाई प्रतिभा प्रतिष्ठान र नारायणी मेमोरियल फाउन्डेसनले संयुक्त रुपमा झापा जिल्ला स्तरीय युवाकवि कविता प्रतियोगिता तथा छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको पहिलो चरणमा झापा जिल्ला भित्रका २० बर्ष पुगी ४५ बर्ष ननाघेका कविहरुबाट “नेपाल हाम्रो गौरव” शिर्षकमा यस अघिनै आवेदन मार्फत कविता संकलन गरी छनौट भएका १६ बटा कविताहरु बिच प्रतियोगिता गरिएको थियोे ।

कविता प्रतियोगितामा खेमनाथ गुरागाँईले प्रथम , पूर्णचन्द्र मैनाली (उदय)ले द्वितीय र तेजेन्द्र घिमिरेेले तृतियले स्थान हासिल गर्नुभएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. गंगाप्रसाद अधिकारी , कनकाई प्रतिभा प्रतिष्ठानका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष डा.पुण्यप्रसाद पौडेल , नारायणी मेमोरियल फाउन्डेसनका अध्यक्ष बरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद पाठक, रूद्र गौरी अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली लगायतले
प्रतियोगितामा प्रथम , द्वितिय र तृतीय हुनेलाई क्रमश नगद १५ हजार, १० हजार र ५ हजार रूपैयाँ साथै प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने सहभागी सबैलाई सहभगीताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा वाचन गरिएका कविताहरुको निर्यण प्रा.डा. ठाकुरप्रसाद पोखरेलक संयोजक र प्राध्यापक विष्णुप्रसाद कोइराला र डीपी शर्मा सदस्य रहेको निर्णायक मण्डलले गरेको थियोे ।

कार्यक्रमको दोस्रो चरणमा नारायणी मेमोरियल फाउन्डेसनले फाउन्डेसन स्थापना भए यता हरेक बर्ष झापा , तेह्रथुम र ताप्लेजुङमा बितरण गर्दै आएको शैक्षिक छात्रवृत्ति अन्तरगत झापामा वितरण गरिने छात्रवृत्ति समेत वितरण गरिएको थियोे । जस अन्तर्गत झापाका बिभिन्न पालिकाका बिद्यालयबाट छनौटमा परेका ४५ जना बिद्यार्थीलाई फाउन्डेसन अन्तरगत रहेर अक्षयकोष स्थापना गर्नुहुने ४० भन्दा बढी दाताहरुले छात्रवृत्ति प्रदान गर्नु भएको थियो ।

यो छात्रवृत्ति झापा , तेह्रथुम र ताप्लेजुङमा गरी पहिलो बर्ष २५ जना विद्यार्थीबाट सुर गरिएको, अहिले ८० जना विद्यार्थीलाई दिईदै आएको र हरेक बर्ष छात्रवृत्ति पाउने बिद्यार्थी संङ्या थपिदै जाने फाउन्डेसनका सचिव अधिवक्ता प्रदिप पाठकले जानकारी दिनुभएको छ । छात्रवृत्ति प्राप्त गर्नुहुने सफल विद्यार्थीलाई कक्षा ६ बाट सुरु गरी कक्षा १२ पास गर्दा सम्म हरेक बर्ष निरन्तर छात्रवृत्ति प्रदान गरिने पनि सचिव पाठकले वताउनु भएको छ ।

नारायणी मेमोरियल फाउन्डेसनले शिक्षा , साहित्य , स्वास्थ्य र सामाजिक छेत्रमा काम गर्दै आएको छ । यसरी काम गर्ने क्रममा साहित्य तर्फ तेह्रथुममा तेह्रथुम साहित्य संगम आठराई र झापामा कनकाई प्रतिभा प्रतिष्ठान संग जोडिएर काम गर्दै आएको र अन्य छेत्रमा फाउन्डेसन आफैले काम गर्दै आएको नारायणी मेमोरियल फाउन्डेसनका अध्यक्ष बरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद पाठकले जानकारी दिनु भएको छ ।

कार्यक्रमा सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. गंगाप्रसाद अधिकारीले नारायणी मेमोरियल फाउन्डेसनले गरेको पुण्य कार्यको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नु भयो । उहाले पछिल्लो समयमा युवा कविहरुको उपस्थिति न्युन हुदै गर्दा युवाहरुलाई प्रोत्साहित गर्दै युवा कवि प्रतियोगिता आयोजना गरिएको प्रति आभार ब्यक्त गर्दै यस्तो प्रतियोगितालाई बिद्यालय स्तरबाटै जोड्न सके झनै राम्रो हुने वताउनु भयो ।

कार्यक्रममा रूद्र गौरी अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली, आदर्श विद्यामन्दिर माबि घैलाडुब्बाका प्रधानाध्यापक नरहरी न्यौपाने शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी , वरिष्ठ साहित्यकार कनकाई प्रतिभा प्रतिष्ठानका संस्थापक कोमलप्रसाद पोखरेल, कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाई , कनकाई ४ का वडाध्यक्ष रोषन सुवेदी, साहित्य चौतारी बिर्तामोडका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ, साहित्यकार राजेन्द्र संग्रौला, तुलसीप्रसाद भट्टराई , गोपाल ओली लगायतका साहित्यकारहरु , अक्षयकोषदाता परिवार , बिभिन्न बिद्यालयका प्रअ तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियोे ।

कार्यक्रममा कवि डिल्लीराम चापागाई प्रदेशीले अप्रतियोगी कविता वाचन गर्नु भएको थियोे भने भृकुटी माविका शिक्षक मदन कुमार डाँगीले गित र बासुरि वाधक ओम कडेलले बासुरीको धुन सुनाउनु भएको थियो ।
कनकाई प्रतिभा प्रतिष्ठानका उपाध्यक्ष डा. पुण्यप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई प्रतिभा प्रतिष्ठानका मासिक गोस्टि सम्योजक निर्मल खतिवडाले शब्द मार्फत स्वागत गर्नु भएको थियो ।
नारायणी मेमोरियल फाउन्डेसनका कलाकारहरूले स्वागत गीत मार्फत स्वागत गर्नुभएको कार्यक्रमको संचालन कनकाई प्रतिभा प्रतिष्ठानका सचिव प्रेम प्रभात न्यौपाने र नारायणी मेमोरियल फाउन्डेसन छात्रवृत्ति कोषका सचिव रामकुमार पाठक द्वयले गर्नुभएको थियो ।