एक जुट हुदै किर्तन मण्डलीहरु

ठोस खबर , १६ जेठ / टोल टोलमा संचालित किर्तन मण्डलीको छाता संगठन निर्माण गर्ने उदेश्यका साथ झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कनकाई ३ सुरुङ्गामा २०७४ सालमा स्थापना भएको गणपती किर्तन मण्डलीको आयोजनामा बिहिवार वडाका दुई दर्जन भन्दा बढी किर्तन मण्डलीको सहभागीतामा वडामा किर्तन मण्डलीको छाता संगठन निर्माणका लागी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
गणपति किर्तन मण्डलीका अध्यक्ष भरत सिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष शिवाकोटीले कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दै कार्य योजना समेत प्रस्तुत गर्नु भएको थियो ।

वैदिक सनातन धर्मलाई संरक्षण र सम्बर्दन गर्दै नविनता सहित सत्कर्मको बाटोलाई अख्तियार गर्ने , सस्कार र सस्कृती हाम्रा निधि हुन, गहना हुन, यहि सस्कार भित्रको उत्तम सस्कार वैदिक सनातनी सस्कारको जगेर्ना र सम्बर्धन गर्दै भावी पिडिलाई समेत वैदिक सनातनको महत्व, मर्म र भावना पुर्याउनका निमित्त, सत्यको पथमा सबैले हिडन् र सबैलाई हिडाउन प्रेरणा प्रदान गर्न हाम्रो वरपर रहेका किर्तन मण्डलिहरु एकजुट हुनुपर्छ र सहयोग तथा सहकार्य सगै एकताको सुत्रमा बाधिनु पर्छ भन्ने मूल उद्देश्यका साथ यो अन्तरक्रिया आयोजना गरिएको अध्यक्ष शिवाकोटीले वताउनु भयो ।
अन्तरक्रियामा शिवाकोटीले कनपा-३ भित्रका सबै मन्डलिहरुको सहभागितामा एउटा समन्वय समिती निर्माण गरेर कसरी बढन सकिन्छ ? समन्वय समितिले कनकाई नगरपालिका वा वडा भरिका मण्डलिको एकता निर्माण गर्ने र संघ वा महासंघ मोडलमा कसरि समिती निर्माण गर्ने ? त्यो समितिले के कस्ता कार्यहरु गर्ने भन्ने बिषयहरु प्रस्तुत गर्नु भएको थियोे ।
अध्यक्ष शिवाकोटीले छलफलका निमित्त प्रस्तुत गर्नुभएको बिषयहरुमा अन्तरक्रिया सहभागी बिभिन्न किर्तन मण्डलीका अध्यक्ष तथा प्रतिनिधिहरु कमल प्रसाद शिवाकोटी , शारदा अधिकारी , सृजना पौडेल , लिला आचार्य चिमरिया , सिताराम न्यौपाने , निला प्रसाद न्यौपाने , गंगा प्रसाद पाठक , खेम प्रसाद अधिकारी , डम्बर कुमारी फुयाल , चन्द्रा गौतम , लिला प्रसाद अधिकारी लगायतले आआफ्नो धारणा राख्नु हुदै गणपती किर्तन मण्डलीले ल्याएको प्रस्ताव स्वागतयोग्य रहेको वताउनु भएको थियोे ।
अन्तरक्रिया आएका धारणाहरुको टिप्पणी लेखन गणपती किर्तन मण्डलिका सहसचिव अनिता पौडेल , सहकोषाध्यक्ष अर्जुन न्यौपाने र सदस्य विद्या ढकाल निरौलाले गर्नु भएको थियो ।
छलफलले अब सबै किर्तन मण्डलीले चाडैनै आआफ्नो किर्तन मण्डलीमा बैठक राखी धारणा वनाउने र यही जेठ २४ गते शनिबार पुन: सबै किर्तन मण्डलीबाट प्रतिनिधि मुलक उपस्थितिमा समन्वय समिति निर्माण गरी अगाडि बढ्ने निर्णय गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि कनकाई वडा नं. ३ का वडा सदस्य अनिल गोयल , विशिष्ट अतिथि धनुषकुटी धाम संस्कृत विद्या पाठशालाका प्राचार्य बालकृष्ण घिमिरे , कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
गणपती किर्तन मण्डलीका उपाध्यक्ष बविता वस्नेतले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नु भएको कार्यक्रमको संचालन गणपती किर्तन मण्डलीको सहसचिव अनिता पौडेलले गर्नुभएको थियोे ।