काँकडभिट्टाबाट हजारका नक्कली नोटसहित एकजना पक्राउ

झापा , १९ जेठ / झापाको काँकरभिट्टाबाट एक हजारका नक्कली नोटसहित एक व्यक्ति पक्राउ परेका छन् ।
आईतवार साँझ ९ बजे मेचीनगर नगरपालिका ६ काँकरभिट्टामा रहेको नेपाल बैंक अगाडिबाट तेह्रथुम फेदाप गाउँपालिका वडा नं. २ओयाक्जुङ बस्ने २८ वर्षीय गणेश भारती एक लाख नेपाली नक्कली नोटसहित पक्राउ परेका हुन् ।
भारती शंकास्पद ढंगले हिडडुल गरिरहेको अबस्थामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट नेपाली दर नोट १ हजारको जस्तो देखिने बुङलाई रवरले बाँधेको अवस्थामा फेला परेको थियो ।
त्यस बुङलाई गन्ती गरी हेर्दा नोट नम्बर ञ.३१, ८६६५७९ उल्लेख भएको जम्मा ४२ थान, नोट नम्बर ज.१२, ०८३५७९ उल्लेख भएको जम्मा ५६ थान र नोट नम्बर झ.७६.२३८८२६ उल्लेख भएको जम्मा २ थान गरी जम्मा १ सय थान रंगिन प्रिन्ट गरिएको नोट फेला परेको प्रहरीले जनाएको छ ।
नक्कली नोटसहित भारतीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।