करेन्ट लागेर जंगली हात्तीको मृत्यु

ठोस खबर , २० जेठ / झापाको कमल गाँउपालिकामा करेन्ट लागेर जंगली हात्तीको मृत्यु भएको छ ।
गयराती कमल गा.पा. वडा नम्बर-३ स्थितमा रहेको रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा एक वटा जंगली हात्तीले बिजुलीको फलामको पोलमा धकेल्दा तार सर्ट हुन गई उक्त हात्तीको मृत्युु भएको हो ।
हात्तीलाई करेन्ट लाग्दा लागी सुड र १ वटा दारा जली हात्तीको घटनास्थलमै मृत्यु भएको । घटनास्थल सुरक्षित राखी कानुनी प्रकृयाको लागी घटनास्थलमा सव डिभिजन वन कार्यालय चुलाचुलीबाट टोली खटि आइ थप अनुसन्धान सुरु गरिएको प्रहरिले जनाएको छ ।