विश्व वातावरण दिवसको अवसरमा कनकाई वनमा वृक्षारोपण , चार हजार विरुवा रोपिने

ठोस खबर , २२ जेठ / विश्व वातावरण दिवस २०८२ को अवसर पारेर कनकाई सामुदायिक वन परिसरमा वृक्षारोपण सुरु गरिएको छ ।
कनकाई सामुदायिक वन उपभोक्ता समुहको आयोजना , सामुदायिक वन उपभोक्ता समुह नेपाल कनकाई नगर महासंघको सहआयोजना तथा कनकाई सव डिभिजन वन कार्यलय सुरुङ्गाको प्राविधिक सहयोगमा बिहिवार वन परिसरमा वृक्षारोपण गरिएको हो ।

विश्व वातावरण दिवसको अवसर पारेर एक संक्षिप्त कार्यक्रम गरी वन परिसरमा विरुवा रोप्न सुरु गरीएको र यस कार्यलाई आगामी तिन महिना सम्म निरन्तरता दिने कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओलिले वताउनु भएको छ ।
यस बर्ष रुख कटान गरिएको ठाउमा चारहजार विरुवा रोप्ने लक्ष रहेको र वृक्षारोपणमा यहाँका विभिन्न विद्यालयका शिक्षक बिद्यार्थी तथा कर्मचारी साथै संघसंस्थाहरुको समेत सहभागीता रहने अध्यक्ष ओलिले जानकारी दिनुभएको छ ।

यसअघि रोपिएका विरुवाहरुको संरक्षणका लागि घेरावारा , डिप वोरिङ्ग गरी पानीको व्यवस्था गर्नुका साथै विभिन्न समयमा अनुगमन गरी मरेका विरुवाको ठाउमा नयाँ विरुवा रोपिने गरेको पनि अध्यक्ष ओलिले जानकारी दिनु भएको छ ।
वृक्षारोपण कार्यक्रम सफलताको सुभकामना दिदै कनकाई ३ का वडा अध्यक्ष युवराज चौलागाईं , सुकेडागी सामुदायिक वनका अध्यक्ष वलराम रिसाल लगायतले यस किसिमका कार्यक्रममा सवैको सहभागीता रहनुपर्नेमा जोड दिनु भयो ।

वृक्षारोपण कार्यक्रमको सहआयोजक संस्था सामुदायिक वन उपभोक्ता समुह नेपाल कनकाई नगर महासंघको अध्यक्ष मान्ता काफ्ले खरेलले नगर महासंघले नगरभित्र रहेका सबै सामुदायिक वन संग सहकार्य गरेर काम गर्दै आएको र यहाँका सामुदायिक वनलाई नितिगत रुपमा आईपर्ने समस्याहरु निरुपणका लागि समेत भुमिका निर्वाह गर्दै आएको वताउनु भयो ।

बृक्षारोपण कार्यक्रममा कनकाई ३ का वडा अध्यक्ष युवराज चौलागाईं , कनकाई २ का वडा सदस्य नरहरि थपलिया , कनकाइ सव डिभिजन वन सुरुङ्गाका जम्दार माधव अधिकारी , सुकेडागी सामुदायिक वनका अध्यक्ष वलराम रिसाल , सामुदायिक वन उपभोक्ता समुह नेपाल कनकाई नगर महासंघका उपाध्यक्ष राजेश्वरी रिसाल , महासचिव मन्जु सापकोटा , कोषाध्यक्ष खुमा सिग्देल , सदस्यहरु गिता उप्रेती , पुजन बास्तोला , राम प्रसाद भट्टराई , कनकाई सामुदायिक वन कार्यसमितिका पदाधिकारी , टोल समिति सदस्य लगायतको सहभगीता रहेको थियोे ।