झापामा चट्याङबाट मानिस घाईते, चौपायाको मृत्यु

झापा , २९ जेठ / बर्षा संगै परेको चट्याङबाट झापामा २ जना घाइते भएका छन भने एउटा गाईको मृत्य भएको छ ।
घाइते हुनेमा बुद्धशान्ति गा.पा. वडा न. ४ सट्टाभर्ना बस्ने ६० बर्षिय पुण्य पौडेल रहेका छन । बुधबार साझ आफ्नै गाई गोठमा काम गर्ने क्रममा हावा हुरि सहित आएको चट्याङ लागी घाईते भएका पौडेलको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । उनको आखा र दाहिने हातमा चोट लागेको छ भने अवस्था बोल्न सक्ने मध्यम रहेको झापा प्रहरिले जनाएको छ ।
त्यस्तै बुधवार साझनै शिवसताक्षी नगरपालिका वडा नम्बर ७ टेक्रा बस्ने बर्ष ४४ की डम्बर कुमारी भुजेलको घर नजिकै रहेको गोठमा चट्याङ पर्दा भुजेलको गोठमा बाधेको गाईको मृत्यु भएको छ भने घरभित्र रहेकी भुजेल समेत घाइते भएकी छन । भुजेलको मुखमा सामान्य जलेको छ । उनि बोल्न सक्ने अबस्था सामान्य रहेको र स्थानिय मेडिकमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।