फुटसल प्रतियोगिता : मेरिगोल्ड एसइइ कप २०८२ को उपाधी पशुपतिलाई

ठोस खबर / झापाको कनकाई नगरपालिका ४ मा रहेको झापामेरिगोल्ड अङ्ग्रेजी विद्यालयले बिद्यालयमा रहेको मेरिगोल्ड डायनमिक टिन्स क्लबलाई अघि बढाउदै संयुक्तरूपमा आयोजना गरेको मेरिगोल्ड एसइइ कप २०८२ फुटसल प्रतियोगिताको उपाधी पशुपति अंग्रेजी माविले हात पार्न सफल भएको छ ।

कनकाई फुटसल ग्राउन्डमा जेठ ३१ बाट सुरु भई अषाढ १ गते सम्पन्न ४ नं. छेत्र अन्तर बिद्यालय स्तरिय फुटसल प्रतियोगिताको फाईनल खेलमा झापा गाँउपालिकामा रहेको डिल्लिराज मावि लाई कनकाई ३ मा रहेको पशुपति अंग्रेजी माविले १-० गोल अन्तरले हराउदै उपाधी हात पारेको हो ।

यो जित संगै पशुपति अंग्रेजी माविले नगद पुरस्कार २५ हजार , ट्रफि , मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता डिल्लिराज माविले नगद पुरस्कार १५ हजार ट्रफि , मेडल र प्रमाणपत्र हात पारेको छ । विजेता उपविजेता दुबै टिमलाई समापन समारोहका प्रमुख अतिथि पुर्व राष्ट्रिय खेलाडी तथा कनकाई नगर खेल राजदुत सन्त रायमाझी , झापामेरीगोल्ड अंग्रेजी विद्यालयका संचालक समिति अध्यक्ष वेनु प्रसाद उप्रेती , प्रअ गोकुल उप्रेती , झापा मेरिगोल्ड डायनमिक टिन्स क्लबका अध्यक्ष नितेस बिक , सह प्रायोजक ग्लोबल ज्वर्नीका प्रतिनिधि सुरज ढकाल , टोल समिति अध्यक्ष तुलसी संग्रौला , कनकाई फुटसलका संस्थापक मनोरथ थापा , संचालक मोहन थापा , कनकाई भेट्रान्स क्लबका सचिव रमेशचन्द्र बाबु मैनाली, प्रमुख म्याच रेफ्री पालुङ किमगेन लगायतले पुरस्कार हस्तान्तरण गर्नुभएको थियोे ।

प्रतियोगितामा बिधागत तिन उत्कृष्ट खेलाडी सर्वाधिक गोल कर्ता सेभेन सिसका खेलाडी आदित्य उत्कृष्ट गोलकिपर पशुपति अंग्रेजी माविका आभुषण सुवेदी र उत्कृष्ट खेलाडी पशुपति अंग्रेजी माविका आदित्य वाँनिया घोषित हुनुभएको छ । उहाहरुलाई जनही नगद एक हजार पाच सय सहित ट्रफि , मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा शिवसतासी नगरपालिका , कनकाई नगरपालिका र झापा गाउपालिका भित्र रहेका निजि र सामुदायिक बिद्यालयबाट १६ टिमको सहभागीता रहेको थियोे ।

प्रतियोगिता आयोजक झापा मेरिगोल्ड अंग्रेजी बिद्यालयका संचालक समिति अध्यक्ष वेनु प्रसाद उप्रेतीले प्रतियोगिताका विजेता उपविजेता साथै सम्पूर्ण सहभागी टिमहरुलाई धन्यवाद दिदै एसइइ दिएपछिको सुन्य समयलाई उपयोग गर्दै विभिन्न सिप सिकाउ सक्ने अवस्थालाई मध्यनजर गर्दै एसइइ कप आयोजना गरिएको वताउनु भएको छ । उहाँले झापा मेरिगोल्डले कनकाई फुटसल संग बार्षिक सम्झौता गरेर बिद्यालयमा अध्ययनरत कक्षा १ देखी कक्षा १२ सम्मका बिद्यार्थीहरुलाई हप्ताको २,३ दिन फुटसल खेलाउने गरेको पनी जानकारी दिनु भएको छ । तेस्तै उप्रेतिले बिद्यालय नजिकै फुटसल कोट स्थापना गरेर फुटसल खेलाउन सहज बातावरण वनाउनु हुने कनकाई फुटसलका संचालक मोहन थापा प्रति आभार व्यक्त गर्नुभएको छ ।

बधाई मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि पुर्व राष्ट्रिय खेलाडी तथा कनकाई नगर खेल राजदुत सन्त रायमाझीले खेलकुदले आफुलाई मात्रै नभएर राष्ट्रलाई समेत चिनाउनुका साथै खेलकुदले स्वास्थ्य रहन समेत मदत गर्ने र मानिस स्वास्थ्य रहे जुनसुकै काम पनि गर्न सक्ने भएकोले सबैलाई खेलकुदमा जोडिन अनुरोध गर्नु भएको छ ।

झापामेरिगोल्डले पढाईका अलबा अतिरिक्त क्रियाकलाप अन्तर्गत बिभिन्न किसमका खेलकुद , संगीत, नृत्य तथा नाटक प्रशिक्षण साथै अन्य बिभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको वताउदै बिद्यालयका प्रअ गोकुल उप्रेतीले सोही क्रियाकलाप अन्तर्गत रहेर यो फुटसल प्रतियोगिता आयोजना गरिएको जानकारी दिनु भएको छ ।
यस पटक पहिलो संस्करण रहेकोले ४ नं. क्षेत्र भित्रका निजि साथै सामुदायिक बिद्यालयलाई मात्र सहभागी गराएर आयोजना गरिएको प्रतियोगितालाई आगामी संस्करणमा परिस्कृत गर्दै जाने पनि प्रअ उप्रेतीले वताउनु भएको छ । यसरी अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई समावेश गरिरहदा बिद्यालयले बिद्यार्थी संग अतिरिक्त शुल्क नलिने गरेको पनि प्रअ उप्रेतीले जानकारी दिनु भएको छ ।