ठोस खबर / झापाको कनकाई नगरपालिकामा रहेको तराईकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वन उपभोक्ता समुहले उपभोक्तालाई व्यवसायी वनाउने उदेश्यले हरेक बर्ष गर्दै आएको उपभोक्ता लक्षित कार्यक्रमलाई निरन्तरता दीदै यस बर्ष पनि असार १ गतेबाट निशुल्क कम्प्युटर र सिलाई कटाई तालिम सुरु गरेको छ ।

कन्काई सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा आईतबार एक संक्षिप्तकार्यक्रमका बिच कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले तालिमको उद्घाटन गर्नु भएको हो ।

सामुदायिक वनको नम्स अनुसार गरिवि न्युनिकरण , महिला सशक्तीकरण र उद्धम अन्तर्गत रहेर उपभोक्ता समुहले वनका उपभोक्ता लक्ष्यित कम्प्युटर र एडभान्स सिलाईकटाई तालिम प्रदान गरिएको समुहका अध्यक्ष ख्याम ओलिले वताउनु भएको छ । यस पटक सिपमुलक व्यवसायिक कार्यक्रम अन्तर्गत कम्प्युटर तर्फ ५१ जना र एडभान्स सिलाईकटाई तर्फ ६० जना गरि १ सय ११ जनालाई तालिम प्रदान गरिने अध्यक्ष ओलिले जानकारी दिनु भएको छ ।

कम्प्युटर तालिम कनकाई ३ मा रहेको क्याम्ब्रिज आइटि कलेजमा र सिलाई कटाई तालिम कनकाई बहुमुखी क्याम्पसको तल्लो भवनमा व्यवस्थापन गरि प्रदान गरिने वन समुहको सचिव मान्ता काफ्ले खरेलले जानकारी दिनु भएको छ । कम्प्युटर तालिमको अवधि ३ महिना र सिलाई कटाई तालिमको अवधि ६ महिनाको रहेको पनि सचिव खरेलले जानकारी दिनुभएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले तालिमपछि स्वरोजगारमा लाग्न चाहनेहरूलाई कन्काई नगरपालिकाबाट आवश्यक सहयोग प्रदान गरिने वताउनु भएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अतिथिहरु सव डिभिजन वन कार्यलय सुरुङ्गाका प्रमुख शुरेस कुमार खनाल ,नेपाल–भारत मैत्री संघ कन्काईका अध्यक्ष अर्जुन बोहरा , वन समितिका सल्लाहकार नारायण ओलि , क्याम्ब्रिज आइटि कलेजका सन्चालक श्रीकृष्ण उप्रेती लगायतले सहभागी हरूलाई सीप सिकेर आत्मनिर्भर बन्न प्रेरित गर्नु भएको ।

कार्यक्रममा वन समितिका सल्लाहकार ख्यामराज कार्की , भिष्म मैनाली , हरिभक्त सिटौला , यमनाथ सेडाई, सामाजिक व्यक्तित्व डिल्लि उप्रेती , कविता बस्नेत लागायतको आतिथ्यता रहेको थियो ।
समूहका अध्यक्ष ख्यामप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत वन समुहका उपाध्यक्ष ललित बहादुर कार्कीले गर्नु भएको थियोे भने कार्यक्रम सन्चालन समुहको सचिव मान्ता काफ्ले खरेलले गर्नु भएको थियो ।