ठोस खबर , ८ असार / प्रसवि मिडिया प्रालिको आयोजना तथा सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहयोगमा झापाको कनकाई नगरपालिका ३ मा रहेको कनकाई माविका बिद्यार्थीलाई सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोग सम्बन्धि सचेतना तालिम प्रदान गरिएको छ ।

बिद्यालयमा अध्ययनरत कक्षा ८ , ९ र १० का बिद्यार्थी हरुलाई आईतवार बिद्यालयको सभाहलमा एक कार्यक्रममा गरि तालिम प्रदान गरिएको हो ।

सामाजिक सञ्जालले पछिल्लो समयमा समाज र विशेषगरी बिद्यार्थी बर्गमा पारेको प्रभावलाई मध्यनजर गर्दै बिद्यालय स्तरमा सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोग सम्बन्धि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको प्रसवि मिडिया प्रालिका अध्यक्ष विवेक गौतमले जानकारी दिनुभएको छ ।

प्रशिक्षणमा प्रशिक्षक प्रहरी निरिक्षक रुपशे राईले ईन्टरनेट तथा सामाजिक सञ्जालका फाईदाहरु , साईवर अपराध , छलकपट , अनलाई खेल तथा यसको लत , ईन्टरनेटको माध्यमबाट हुने अपराध , सामाजिक सञ्जालको सुरक्षित प्रयोग गुनासो ,उजुरी तथा जाहेरी , कानुनी व्यवस्था लगायतका बिषयमा जानकारी गराउनु भएको थियो ।

तेस्तै अर्का प्रशिक्षक सिविन प्रदेश कार्यलय बिराटनगरका प्रमुख बासु अधिकारीले अनलाइन वालसंरक्षण , अनलाइन वाल दुर्ववहार , वाल अधिकार , वाल अधिकार सम्बन्धि महासन्धिका सिद्धान्तहरु लगायतमा प्रशिक्षण प्रदान गर्नु भएको थियोे ।

कार्यक्रममा सम्बोधन गर्दै कनकाई माविका प्रअ कर्णबहादुर डाँगीले यस्तो महत्त्वपूर्ण प्रशिक्षणको लागि कनकाई माविलाई छनौट गरि कार्यक्रम आयोजना गरेकोमा आयोजक परिवारलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस किसिमका सचेतना मुलक कार्यक्रममा जोडिदै जाने प्रतिवद्धता जानाउनु भयो ।

कार्यक्रममा पिटिए अध्यक्ष खगमाया चापागाईंले सामाजिक सञ्जालको सदुपयोग भन्दा बढी दुरुपयोग भईरहेको अवस्थामा यस किसिमको सचेतना मुलक कार्यक्रमले बिद्यार्थीलाई सञ्जाल कसरि प्रयोग गर्ने भन्ने कुरामा सहयोग पुगेको वताउनु भयो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका सहायक प्रअ हरिप्रसाद तिम्सिना , पिटिए सदस्य दिपेन्द्र पराजुली , प्रहरी नायव निरिक्षक प्रदिप आलेमगर लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको संचालन रातोपाटी डटकमका अर्जुन आचार्यले गर्नु भएको थियो ।