ठोस खबर , ९ असार / जिल्ला ट्राफिक कार्यलय बिर्तामोड , ट्राफिक कार्यलय सुरुङ्गा , कनकाई सामुदायिक वन र स्वतन्त्र यातायात मजदुर भलाई मञ्च कनकाईको समन्वय र कनकाई नगरपालिका , कनकाई नगरपालिका वडा नं. ३ र ४ को सहयोग साथै कनकाई नगरअस्पताल सुरुङ्गाको प्रविधिक सहयोगमा सुरुङ्गा सहकार्य युवा क्लबले सुरुङ्गामा लागुपदार्थ सेवन (लापसे) परिक्षण कार्यक्रम गरेको छ ।

ट्राफिक सप्ताहको अवसर पारेर ट्राफिक संगै समन्वय गरेर सुरुङ्गामा लापसे सचेतना जगाउने उदेश्यले सोमबार सुरुङ्गा चोक पश्चिम बस बिसौनी छेत्रमा एक कार्यक्रम गर्दै लापसे परिक्षण गरिएको हो ।

लापसे परिक्षणको क्रममा सवारीसाधनहरु बस , हायस , ट्रिपर , तिन पङ्ग्रे सवारी , मोटरसाइकल लगायतका सवारीका चालक साथै सहचालक भएका सवारीका सहचालक समेत गरेर ४० जनाको लापसे परिक्षण गरिएको थियोे ।


कनकाई नगर अस्पतालका प्रविधिकहरु रिन्कु स्वर्णकार र बर्षा श्रेष्ठले लापसे किट प्रयोग गरि पिसावबाट गरिएको परिक्षणको रिपोर्टमा ७ जनाले लापसे गरेको भेटिएको थियो ।
लापसे प्रयोगकर्ता सातै जनालाई ईलाका प्रहरि कार्यलय अनारमनी बिर्तामोडमामा पठाई थप अनुसन्धान गरिने जिल्ला ट्राफिक कार्यलय बिर्तामोडका प्रमुख प्रहरी निरिक्षक गणेश पौडेलले जानकारी दिनु भएको छ ।

ट्राफिक सप्ताहको अवसरमा गरिएको सचेतना मुलक लापसे परिक्षण कार्यक्रमका प्रमुख अतिथि कनकाइ नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले देशै भर सवारी दुर्घटनाबाट नागरिकले ज्यान गुमाई रहेको अवस्थामा कनकाई नगरपालिका पनि अछुतो नरहेको र बिशेश गरि लागुपदार्थ , मादक पदार्थ सेवन गरि सवारी चलाउनाले धेरै दुर्घटना हुने गरेकोेले यस किसिमका कार्यक्रमले सचेतना प्रदान गर्नुका साथै दुर्घटना न्युनिकरणमा समेत सहयोग पुग्ने वताउनु भयो ।

वढ्दो लागुअौषध प्रयोगले समाजमा विकृति विसङ्गति फैलिरहेको , समाजमा विभिन्न किसिमका घटनाहरु घट्ने गरेको र आम युवाहरुको भविष्य नकारात्मक दिशामालागि रहेकोले क्लबले यस अघि पनि यसको न्युनिकरणका लागि बिभिन्न कार्यक्रम गर्दै आएको र यस पटक ट्राफिक सप्ताहको अवसर पारेर ट्राफिकसंग समन्वय गरि लागुअौषध सेवनकै कारण हुने सडक दुर्घटना न्युनिकरण गर्ने साथै सवारी चालक सहचालकलाई सचेतना जगाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुमन कार्कीले बताउनु भयो ।

कार्यक्रमका समन्वयकर्ता ट्राफिक कार्यलय सुरङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक कुलबहादुर बुढाथोकीले सुरुङ्गा सहकार्य युवा क्लबले ट्राफिक सप्ताहको अवसर पारेर सुरुङ्गामा यस किसिमको महत्त्वपूर्ण कार्यक्रम आयोजना गरी सुरुङ्गा ट्राफिकलाई समेत समन्वय गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद दिदै लापसे गर्दा हुने क्षतिबाट सबैलाई सचेत हुन अनुरोध गर्नु भयो ।

कार्यक्रममा कनकाई ३ का वडा अध्यक्ष युवराज चौलागाईं , ४ का वडा अध्यक्ष रोशन सुवेदी , कार्यपालिका सदस्य कृष्णमाया भुजेल , लायन्स क्लबका डिस्ट्रिक फस्ट भाईस गभर्नर लिला चिमरिया , लायन्स क्लब सुरुङ्गाका फस्ट भाइस प्रेसीडेन्ट कुमार दाहाल , स्वतन्त्र यातायात मजदुर भलाई मञ्च कनकाईका कोषाध्यक्ष कुमार सुब्बा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको अौचित्य माथि प्रकाश क्लबको उपाध्यक्ष चन्द्रा ढकाल सिटौलाले पार्नुभएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत कार्यक्रम संयोजक सुजता दाहालले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन क्लबका सचिव भिम राजवंशीले गर्नुभएको थियोे ।