सुरुङ्गा सामुदायिक सिकाई केन्द्रले कनकाई ३ का २६ छात्रालाई दियो कम्प्युटर तालिम

चन्द्र बस्नेत
कनकाई ,११ असार / सुरुङ्गा सामुदायिक सिकाई केन्द्र कनकाईले कनकाई ३ का २६ छात्रालाई आधारभुत कम्प्युटर तालिम प्रदान गरेको छ ।
कनकाई नगरपालिका वडा न ३ सुरुङ्गामाको आर्थिक सहयोग र कनकाई कम्प्युटर ईन्टिच्युटको प्राविधिक सहयोगमा सुरुङ्गा सामुदायिक सिकाई केन्द्रले कनकाई ३ का हरेक टोलबाट दुई/दुई जना गरी २६ जनालाई तालिम प्रदान गरेको हो ।
गत बैशाख २१ गते आईतवार देखि असार ११ गते बुधबार सम्म चलेको २ सय २० घण्टे कम्प्युटर तालीम बुधबार सम्पन्न भएको छ ।

समापन समारोहमा सम्बोधन गर्दै कनकाई ३ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि युवराज चौलागाईंले यस्ता तालिमहरु नगर तथा वडामा अति आवश्यक रहेको मनन गर्दै आगामी दिनमा समेत वडाको तर्फबाट बजेटको ब्यस्थापन गर्दै प्राथमिकतामा राख्ने विश्वास दिलाउनु भयो । उहाँले प्रशिक्षार्थीले सिकेको सिपलाई सकेसम्म सहि सदुपयोग गर्दै अगाडी बढ्न सुझाव दिनुभयो । चौलागाईंले शिक्षा क्षेत्रलाई समुन्नत बनाउन आजको आवश्यकता कम्प्युटर नै भएको बताउनु भएको थियोे । उहाँले उत्कृष्ट विद्यार्थी उत्पादन गर्नमा सुरुमा यस्ता तालिमले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयोे ।

कार्यक्रममा विशिस्ट अतिथि कनकाई उद्योग वाणिाज्य संघका संस्थापक अध्यक्ष तथा भगवती सहकारी संस्थाका अध्यक्ष युवराज संङ्ग्रौलाले तालिममा जतिपनि प्रशिक्षार्थीहरुले सिप सिक्नु भयो त्यो सिपलाई सदुपयोग गर्दै जिवन उज्वल वनाउन अनुरोध गर्नु भयो । आयोजक संस्थाले धेरै मिहिनेत गरेर सामाजिक दायित्व पुरा गर्दै प्रशिक्षार्थीहरुलाई सिप सिक्ने अवसर प्रदान गरेको भन्दै संग्रौलाले शिप सिक्ने छात्राहरुलाई पनि भविस्यमा समाज प्रती उत्तरदायी वन्ने प्रेरणा मिलोस भन्दै शुभकामना ब्यक्त गर्नुभयो । उहाँले यस किसिमको कार्यक्रममा निजी छेत्रबाट आफुले पनि सहयोग गर्ने वताउनु भयो ।

कार्यक्रममा वडा नं. ३ का वडा सदस्य गोविन्द सुवेदीले वडामा प्राप्त बजेटलाई योजनावद्व रुपमा सबै क्षेत्रमा मिलाएर युवा, महिला , बालबालिका , जेष्ठ नागरिक लक्षित तालिमहरु सम्पन्न गराएको जानकारी दिनुभयो ।
कार्यक्रमका अतिथि सुरुङ्गा जेसीजका अध्यक्ष दिपेन्द्र प्रधानले आज हरेक क्षेत्रमा कम्युटरकै प्रयोग हुने भन्दै जिविको पार्जन गर्न समेत यो ज्ञान हुनेलाई सहज हुने भन्दै सिकेको सिपलाई अवसरको रुपमा परिणत गर्न अवसर खोजी गर्दै अगाडी बढ्न आग्रह गर्नुभएको थियोे ।
संस्थाका सल्लाहकार शिवकुमार कडेललले जुन उदेश्यले संस्था स्थापना भएको हो त्यस्तै गतिविधिमा सिकाईकेन्द्र लागिपरेकोमा खुशी प्रकट गर्दै स्थानीय तह अन्तर्गत नगर तथा वडा कार्यलय , विभिन्न विद्यालय, संघ संस्था , समूह लगायतसँग समन्वय र सहकार्य गर्दै अगाडी बढ्न सुझाव दिनुभएको थियोे ।
समापन कार्यक्रममा तालिममा सहजिकरण गर्ने संस्था कनकाई कम्प्युटर इन्स्टिच्युटका प्रशिक्षक प्रवेश घिमिरेले कुनै पनि सीप सिक्नु ठूलो कुरा नभएको तर सिकेको सिपलाई सहि सदुपयोग गर्दै आफुले आफुलाईनै विश्वास गर्नु ठूलो कुरा भएको बताउनुभएको थियोे । उहाँले सीप सिक्दा होस या अन्य कुनैपनि कार्य गर्दा आफुले आफुलाई नढाट्न र झुट नबोल्न सुझाव समेत दिनुभएको थियोे ।
तालिम समापनको अवसरमा प्रशिक्षार्थिको तर्फबाट गरिमा चुडाल र संङ्गिता कुमालले तालिममा आफुले सिकेको अनुभव सुनाउनु भएको थियोे ।उहाँहरुले आफुहरुलाई कम्प्युटर सिक्ने अवसर दिनुभएकोमा वडा कार्यलय त्यस्तै आयोजक संस्था सुरुङ्गा सामुदायिक सिकाई केन्द्र र व्यवस्थापक कनकाई ईन्स्टिच्युट सुरुङ्गा प्रती आभार प्रकट गर्दै आगामी दिनमा समेत आफुहरु जस्तै सबैलाई अवसरको ब्यवस्थापन गरिदिन आग्रह गर्नुभयो ।
आयोजक संस्था सुरुङ्गा सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष तथा कार्यक्रमकी सभाध्यक्ष पुष्पा भट्टराई कडेलले सिकेको सिपलाई सहि सदुपयोग गर्न सुझाव दिनु भयोे । उहाँले बहिनी छोरीहरुले सिकेको सिप कुनै ठाउँमा आवश्यक पर्ने भन्दै सहि सदुपयोग गर्दै अघि बढ्न आग्रह गर्नुभएको थियोे । उहाँले आफ्नो संस्था निरक्षर लाई साक्षरता , सीप विहिन लाई सीप युक्त , बनाउने उद्देश्यले स्थापना भएको नेपाल सरकारबाट मान्यता प्राप्त संस्था रहेको बताउनुभयो ।
उहाँले यस अघि कनकाईमा नै वडा न १ मा १ महिने मन्टेश्वरी तालिम वडा न ६ मा माईनट लेखन तथा उद्धघोषण तालिम , दिईसकेको र अहिले पनि कनकाई कै वडा न ८ को दुई स्थान तथा कनकाई ३ को झरना बस्तीमा समेत यस्तै खालका अन्य तालीमहरु निरन्तर चलिरहेको जानकारी गराउनुभयो। उहाँले संस्थाले कनकाई नगर मात्र नभई छिमेकी पालिकामा समेत यस्ता कार्यक्रम गर्दै आएको जानकारी गराउनु भयोे ।
कार्यक्रममा कनकाई ३ का वडा सदस्य अनिल गोयल , कनकाई कम्प्युटर इन्स्टिच्युटका सञ्चालक डिल्लीराम घिमिरे , आयोजक संस्थाको कोषाध्यक्ष ममता सुवेदी सेडाई , प्रशिक्षार्थी छात्रा लगायतको उपस्थिति रहेकोे थियो ।
उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश संस्थाको उपाध्यक्ष मुनादेवी सिटौलाले पार्नुभएको कार्यक्रमको सन्चालन आयोजक संस्थाकी सचीव लिला प्रसाईंले गर्नुभएको थियोे ।