कनकाईमा एसईईको नतिजामा सामुदायिकतर्फ सिंहदेवी उत्कृष्ट

ठोस खबर / झापाको कनकाइ नगर भित्र रहेका ७ सामुदायिक बिद्यालयमध्ये यस बर्ष २०८१ सालको एसईई परिक्षामा कनकाई ४ मा रहेको सिंहदेवि माविले उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।
अघिल्लो बर्ष निरन्तर परिक्षामा निल भई पुरक दिदा सत प्रतिशत नतिजा निकालेको यस बिद्यालयबाट यस बर्ष जम्मा २५ जना बिद्यार्थी परिक्षामा सहभागी भएकोमा २१ जना अर्थात ८४ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका हुन ।
नगर भरिका सामुदायिक बिद्यालय तर्फ यो उत्तिर्ण प्रतिशतनै उत्कृष्ट नतिजा रहेको नगर शिक्षा शाखाले सार्वजनिक गरेको छ ।

त्यसै गरी परिक्षामा कनकाई २ स्थित सरस्वती माविबाट १७ जना बिद्यार्थी सहभागी भएकोमा १२ जना अर्थात ७०.५८८ प्रतिशत उत्तिर्ण , कनकाई ३ स्थित कनकाई माविबाट १७८ बिद्यार्थी सहभागी भएकोमा ११७ जना अर्थात ६५.७३ प्रतिशत उत्तिर्ण , कनकाई ६ स्थित चम्फापुर माविबाट २९ जना जना बिद्यार्थी सहभागी भएकोमा १६ जना अर्थात ५५.१७२ प्रतिशत उत्तिर्ण , कनकाई ७ स्थित भृकुटी माविबाट ५२ जना बिद्यार्थी सहभागी भएकोमा २५ जना अर्थात ४८.०७७ प्रतिशत उत्तिर्ण , कनकाई ८ स्थित हिमाली माविबाट २४ जना बिद्यार्थी सहभागी भएकोमा ५ जना अर्थात २०.८३३ प्रतिशत उत्तिर्ण भएका छन ।
यता हालका प्रधानमन्त्री केपि शर्मा ओलिले अध्ययन गरी २०२७ सालमा एसएलसी दिएको झापाको कनकाई नगरपालिका ९ मा रहेको आदर्श विद्या मन्दिरबाट भने एसईई परिक्षामा १ जना विद्यार्थी उत्तीर्ण भएका छन ।बिद्यालयबाट परिक्षामा सहभागी २८ विद्यार्थी मध्ये १ जनाले मात्रै एसईई उत्तीर्ण गरेका हुन । सोही विद्यालयको शिविल प्राविधिक फाटतर्फ भने २४ विद्यार्थीमध्ये १४ जनाले उत्तीर्ण गरेका छन ।
कनकाई नगरपालिका भित्र रहेका ७ सामुदायिक विद्यालयबाट यस बर्षको एसईईमा ३७७ जना बिद्यार्थी सहभागी भएकोमा २११ जना अर्थात ५५.९६८ बिद्यार्थी उत्तीर्ण भएका छन भने १६६ बिद्यार्थी एनजी भएका छन ।