ठोस खबर / शुक्रबार प्रकाशित एसईइ २०८१ को नतिजामा झापाको कनकाई नगरपालिका स्थित झापा मेरिगोल्ड अंग्रेजी विद्यालयमा अध्ययनरत छात्रा अंकिता खनालले नगरमै उत्कृष्ट नतिजा निकाल्न सफल भएकी छन ।

कनकई नगरमा रहेका सामुदायिक साथै संस्थागत बिद्यालयबाट एसईईमा सहभागी ८२४ जना बिद्यार्थीमध्येबाट कनकाई ४ मा रहेकोे झापा मेरिगोल्ड अंग्रेजी माविकी छात्रा अंकिताले नगरमै उत्कृष्ट नतिजा निकालेकी हुन ।

अंकिताले ३.९२ जिपिए ल्याएर नगरकै उत्कृष्ट नतिजा निकालेको नगर शिक्षा अधिकृत राजकुमार ओडारीले जानकारी दिनुभएको छ ।

त्यसै गरी मेरीगोल्डबाट एसईईमा सहभागी बिद्यार्थी मध्ये १५ जनाले ३.६० देखि माथि जिपिए , २७ जनाले ३.२० देखी माथि ३.६० जिपीए , १३ जनाले २.८० देखि माथि ३.२० जीपीए , ८ जनाले २.४० देखि माथि २.८० जिपीए ल्याएर पास भएको र ३ जनाको नतिजा एनजी आएको बिद्यालयका प्रिन्सिपल गोकुल उप्रेतीले जानकारी दिनु भएको छ ।
कनकाई नगरबाट एसईई २०८१ मा निजि र सामुदायिक बाट जम्मा ८२४ बिद्यार्थी सहभागी भएका थिए भने ६३३ अर्थात ७६.८२ प्रतिशत बिद्यार्थी पास भएका र बाँकी १९१ बिद्यार्थीको नतिजा एनजी आएको नगर शिक्षा अधिकृत राजकुमार ओडारीले जानकारी दिनुभएको छ ।
कनकाई नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयबाटमात्रै यस बर्षको एसईईमा ३७७ जना बिद्यार्थी सहभागी भएकोमा २११ जना अर्थात ५५.९६८ बिद्यार्थी उत्तीर्ण भएका छन भने १६६ बिद्यार्थी एनजी भएका छन ।

त्यसैगरी कनकाई नगरपालिका भित्र रहेका संस्थागत विद्यालयबाटमात्रै यस बर्षको एसईईमा ४७७ जना बिद्यार्थी सहभागी भएकोमा ४२० जना अर्थात ९३.९५ बिद्यार्थी उत्तीर्ण भएका छन भने २७ जना बिद्यार्थी एनजी भएका छन ।