ठोस खबर / हुने बिरुवाको चिल्लो पात भनेझै झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा बसोवास गर्दै कक्षा १२ मा अध्ययनरत युवा बिद्यार्थी युनिक सुवेदीले पढाईलाई निरन्तरता दिदै स्वरोजगारको बाटो अंगाल्नु भएको छ ।
पढाई संगै रोजगारलाई अगाल्दै १८ बर्षिय सुवेदीले पढ्दै पनि स्वरोजगारको बाटोमा लाग्न सकिन्छ भन्ने धारणले सुरुङ्गामा युनिक क्याफे एण्ड रेट्रो सन्चालनमा ल्याउनु भएको हो ।


सुवेदीले आफ्नो उमेर समुहका युवाहरु रोजगारिकै लागी विदेश पलायन हुदै गरेको अवस्थामा आफ्नै देशमा पनि केही गर्न सकिन्छ भन्ने संदेश दिने उदेश्यले पनि व्यवसाय संचानमा ल्याएको वताउनु भएको छ। उहाँले आफु र आफु जस्तै युवाहरुले देशमै केहि गर्ने उदेश्यले गरेका व्यवसायमा सबैले सहयोग गरि हौसला प्रदान गरिदिन अनुरोध समेत गर्नु भएको छ ।

युनिक क्याफे एण्ड रेष्ट्रोका संचालक युनिकका पिता कनकाई ३ का वडा सदस्य समेत रहनुभएका सामाजिक व्यक्तित्व गोविन्द सुवेदीले युवाहरु विदेशिने लहर बढिरहेको बेला छोराको स्वदेशमै केहि गर्ने ईच्छा अनुसार छोराको ईच्छालाई सपोर्ट गर्दै व्यवसाय गर्ने वातावरण वनाई दिएको र युवा हरुलाई विदेशिनबाट रोक्न तपाई हामी सबैले साथ दिन आवाश्यक रहेको वताउनु भएको छ ।

युनिकले संचालनमा ल्याएको क्याफेमा पिज्जा , म:म:, विर्यानी , वर्गर , सेन्ड्युज , छोयला सेट , तास सेट , नुडल्स आईटम , कफि , मटका चिया , मसला चिया साथै लोकल परिकारहरु कोदोको रोटी , फापरको रोटि लगायतका परिकारहरु उपलब्ध हुने सुवेदीले वताउनु भएको छ ।

कनकाई ३ सुरुङ्गामा बिचरोड तल्लो बजार कृषि टहरा नजिकै रहेको क्याफेको यही असार १६ गते उद्घाटन गरिने र उद्घाटन सप्ताहभर असार २३ गते सम्म सबै परिकारमा १० प्रतिशत छुटको व्यवस्था रहेको पनि संचालक सुवेदीले जानकारी गराउनुभएको छ ।