ठोस खबर /लायन्स क्लब अफ कनकाई दुर्गापुरले बिद्यार्थीलाई बिद्यालय पोसाक वितरण गर्दै लायन्स बर्ष २०२५/२०२६ सुरु गरेको छ ।

क्लबले लायन्स बर्षको पहिलो दिन अर्थात जुलाइ १ को अवसरमा आफ्नो कार्यकालको पहिलो दिनलाईनै सामाजिक सेवामा समर्पित गर्दै मंगलबा ग्रामीण छेत्रमा रहेको ईलामको माई नगरपालिका ६ पलासे स्थित विन्ति विनायक आधारभुत विद्यालयका बाल कक्षाका सम्पूर्ण विद्यार्थीहरुलाई बिद्यालय पोसाक (ट्रयासुट र टि-सर्ट) वितरण गरेको हो ।

जहाँ आवस्यकता त्यहा लायन्स भन्ने मुल मन्त्र वोकेको लायन्स क्लवले हाल विकट क्षेत्रका सामुदायिक बिद्यालयका नानिवावुहरुलाई बिद्यालय जान प्रोत्साहन मिलोस भन्ने र अभिभावकलाई पनि थोरै भएपनि राहत पुगोस भन्ने उदेश्यले पोसाक वितरण गरेको लायन्स क्लब अफ कनकाई दुर्गापुरमा बर्ष २०२५/२०२६ का अध्यक्ष भुवन खतिवडाले जानकारी दिनु भएको छ । खतिवडाले बर्षभरिनै क्लब सामाजिक क्षेत्रमा सक्रिय भएर लाग्ने पनि वताउनु भएको छ ।