बिरामी टीकाको उपचारका लागि रकम जुट्दै , लायन्स क्लब अफ कनकाई सुरङ्गा द्वारा आर्थिक सहयोग

ठोस खबर / खाध्यन्न नलि बन्द भई थुक समेत निल्ल नसक्ने अबस्थामा रहेकी झापा कनकाई नगरपालिका ३ कि टिका तिम्सिनाको उपचारको लागी देश विदेशमा रहनु भएका सहयोगी मनहरुबाट सहयोग रकम जुट्ने क्रम जारि छ ।

सहयोग रकम जुट्ने क्रममै बिहिवार निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय स्तरको संस्था लायन्स अन्तर्गत लायन्स क्लब अफ कनकाई सुरुङ्गाले बिरामीको घरैमा पुगी नगद २१ हजार बिरामी टीकाको उपचारमा सहयोग गरेको छ ।

क्लबका संस्थापक अध्यक्ष लायन्स इन्टरनेसनल डिस्ट्रक ३२५ सि का प्रथम भाइस डिस्ट्रीक गभर्नर लायन लिला प्रसाद चिमरिया , क्लबका पुर्व अध्यक्ष मनोज बस्नेत , निवर्तमान अध्यक्ष रुपनारायण खतिवडा , अध्यक्ष मानबहादुर दाहाल (कुमार) , क्लबका एड्मिनिस्टेटर विवेक शिवाकोटी लगायतले बिरामीको आमा खेमकुमारी तिम्सिनालाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।
रकम हस्तान्तरण गर्दै क्लबका अध्यक्ष मानबहादुर दाहाल दाहालले बिरामी टिकाको उपचारको लागि क्लबमा आबद्ध सबै लायन्सकर्मीहरुबाट थोरैथोरै सहयोग जुटाई क्लबले एकमुष्ट सहयोग गरेको वताउदै तपाईं हामी सबैले थोरै थोरै सहयोग गर्दा एउटा ज्यान बाच्न सक्छ भने सबैले सकेको सहयोग गर्न अपिल समेत गर्नु भएको छ ।
यता खाध्यन्न नलि बन्द भई थुक समेत निल्ल नसक्ने अबस्थामा भएकी टिकाको उपचार नेपालमा कतै पनि सम्भव नभएको तर भारतको व्यङ्लोरमा उपचार हुने चिकित्सकबाट जानकारी भएको टिकाकी आमा खेमकुमारी तिम्सिनाले जानकारी गराउनु भएको छ । खेम कुमारिले टिकाको उपचारको लागी यस अघि पनि धेरै खर्च भईसकेको र थप उपचारको लागी भारत लान खर्च अभाव भएकोले सम्पूर्ण सहयोगी मनहरुमा सहयोगको लागि अपिल समेत गर्नुभएको छ ।
जति सक्दो चाडो उपचारमा लानु पर्ने र प्रारम्भिक जानकारी अनुसार १५ लाख भन्दा माथि खर्च लाग्ने र लेजर प्रबिधिबाट गरिने अपरेसनमा त्यो भन्दा माथि ठ्याक्कै कति खर्च लाग्छ भन्न नसकिने अवस्था रहेको छ ।
देश बिदेशमा रहनुभएका सहयोगी मनहरु , समाजिक अभियान्ताहरु , मिडिया कर्मी , आफ्ना आफन्तहरुबाट सहयोग रकम जुट्न थालेपछि छोरिको ज्यान बचाउन सकिने आशा पलाएको र छोरिलाई उपचारको लागि भारत लाने तयारीमा लागेको भन्दै टिकाकीआमा खेम कुमारीले हाल सम्म सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै हाल सम्म उठेको रकमले उपचार प्रक्रिया सुरु गर्न मात्रै सकिने भएकोले सबैसबै सहयोगी मन प्रति सहयोगको लागि अपिल गर्नु भएको छ ।

टिकाको उपचारमा सहयोग गर्नको लागि बिरामीको आमा खेम कुमारी तिम्सिनाको नाममा रहेको मितेरि बैकको खाता नं. ००८११२०००४८६४१०००००१ मा रकम जम्मा गरेर अथवा दिईएको क्युआर मार्फत सहयोग गर्न सक्नु हुनेछ । त्यसैगरी बिरामीको आमाको सम्परक नं. ९७००४५२१३७ मा सम्पर्क गरेर पनि सहयोग गर्न सक्नु हुनेछ ।

त्यस्तै ई-सेवा नं. ९८२२३९६१०७ मा वा दिईएको नक्बर सहितको ईसेवा क्युआर मार्फत पनि रकम सहयोग गर्न सक्नु हुने छ ।