ठोस खबर /  झापाको कनकाई नगरपालिका वडा नम्बर ४ ले वडाका १६५ परिवारलाई विद्युतीय इन्डक्सन चुल्हो  वितरण गरेको छ ।

वडा कार्यालय परिसरमा मंगलबार वडाले यहाँका १६५ परिवारलाई चुलो वितरण गरेको हो ।
बिद्धुतिय चुलो वितरणका लागी वडाले विगत ३ बर्ष अघिनै आवेदन माग गरेको थियो । विभिन्न कारणले समयमै चुल्हो प्राप्त नभएकोले त्यसबेला चुल्हो वितरण गर्न नसकेको भए पनि अहिले तिनै निवेदनको आधारमा चुल्हो वितरण गरिएको हो ।

उपभोक्तहरुलाई वडा अध्यक्ष रोशन सुवेदी वडा सदस्यहरु मन्दिरा दियाली , राजु प्रसाईं , मोहन संग्रौला , लक्ष्मी कटुवाल कार्की कर्मचारी सुरेश गौतम लगायतले चुल्हो वितरण गर्नु भएको छ । त्यसैगरी वडाले कनकाई ४ नवज्योति टोलमा रहेको कनकाई वालशिक्षालाई समेत १ थान चुल्हो प्रदान गरेको छ ।

वडामा चुल्होको माग धेरै भएपनि प्राथमिकताका आधारमा चुल्हो वितरण गरिएको वताउदै वडा अध्यक्ष रोशन सुवेदीले वडाबाट सुविधा नपाएका वडावासीलाई प्रथमिकतामा राखेर चुल्हो वितरण गरिएको जानकारी दिनुभएको छ ।

चुल्हो ६० प्रतिशत प्रदेशको अनुदान १७ प्रतिशत नगरको  र २३ प्रतिशत उपभोक्ताको साझेदारीमा वितरण गरिएको पनि अध्यक्ष सुवेदीले जानकारी दिनु
भएको छ ।