काठमाडौं ,१९ साउन /  राष्ट्रिय परीक्षा बोर्डले आज साझ कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

आज सार्वजनिक भएको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

शिक्षक आन्दोलनका कारण वैशाख ११ का लागि तय भएको परीक्षा सारेर बैशाख २१ गते देखि भएको थियो ।
यस पटक परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।