ठोस खबर / सर्वेश्वर शिवालय कनकाई ४ मा श्रावण २६ गते सोमबार एक दिवसिय भव्य धार्मिक कार्यक्रम हुने भएको छ ।

श्रावणी पर्वको अवसरमा कनकाई ४ शिवालय टोल स्थित सर्वेश्वर शिवालय मन्दिर प्राङ्गणमा श्रावणको अन्तिम सोमबार २६ गते आचार्य पण्डित छन्दुराम भण्डारीको प्रमुख आतिथ्यतामा बिषेश पुजाअर्चना सहित धार्मिक कार्यक्रम गरिने मन्दिर परिवारले जानकारी दिएको छ ।

धार्मिक सद्भाव कायम राख्दै मन्दिर विकासका लागी सहयोग समेत जुटाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिदै मन्दिर संचालन समितिका सचिव रविन्द्र पन्तले कार्यक्रम सम्पन्न गर्नकोलागी सफल शिवाकोटीको संयोजकत्वमा उपसमिति समेत गठन गरी कार्य अगाडि वढाईएको वताउनु भएको छ ।

कार्यक्रममा २६ गते विहान शिवालयमा पुजा अर्चना १०८ गाईको दुधबाट रुद्राभिषेक कलाकारहरुबाट भजन , विभिन्न झाकी , ताण्डव नृत्य लगायतका प्रस्तुति रहेको र सोहिदिन वेलुका कनकाई ४ मा रहेका कृतन मण्डलीहरुबाट भजन गायन समेत रहेको उपसमिति संयोजक सफल शिवाकोटीले जानकारी दिनुभएको छ ।

यस क्षेत्रको प्रचार प्रसार , विकास र धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै सबैलाई जनसहभागितामा सक्रिय गराउनपनि यस कार्यक्रमले सहयोग गर्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको आयोजक उपसमितिका सचिव कृष्ण न्यौपानेले वताउनु भएको छ ।

मन्दिरका अध्यक्ष चन्द्र बहादुर आचार्यले सम्पुर्ण समाजका सहयोगी मनहरुको सहयोगबाट मन्दिर हालको अव्यवस्था सम्म आइपुगेको वताउदै सबै सहयोगीहरु प्रति आभार व्यक्तगर्नु भएको छ । उहाले यस मन्दिरको थप स्तरोन्नति गरि भक्तजनको गन्तव्य स्थान बनाउनको लागि अझै धेरै काम गर्न बाँकी रहेको भन्दै सबैमाझ सहयगको लागी अनुरोध समेत गर्नु भएको छ ।

यसै सन्दर्भमा संस्थाका उपसमिति संयोजक सफल शिवाकोटीले आगामी दिनमा यही उप समितिको अगुवाइमा मन्दिर परिसरमा रहेको मन्दिरको खाली जग्गामा स्थानियलाई जागरुक बनाउदै श्रमदानबाट सरसफाइ , बगैचा निर्माण , घेराबारा लगायतका काम गर्ने लक्ष राखीएको र श्रमदान गर्न चाहानेले हरेक शनिवार विहान ७ बजे देखी ८ बजेसम्म यस क्षेत्रमा आई श्रम दान गर्न सकिने जानकारी दिनु भएको छ । उहाले २६ गतेको कार्यक्रमबाट उठेको रकमबाट खर्च काटेर बाचेको रकम मन्दिरको विकासका लागि राखीने भएकोले सम्पुर्ण देश विदेसमा रहनुभएका सहयोगी दाताहरुमाझ सहयोगको अपिल गर्दै उक्त कार्यक्रममा उपस्थितको लागि निमन्त्रणा समेत गर्नु भएको छ ।