सुनसरी , २४ साउन/बसले स्कुटरलाई ठक्क दिदा स्कुटरमा सवार दुई जनाको शनिबार दिउँसो मृत्यु भएको छ ।
इटहरीबाट धरान गइरहेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटरलाई इटहरी–धरान सडक खण्डको सुनसरी, इटहरी उपमहानगरपालिका २० मा पर्ने पानीपिया क्षेत्रमा ठक्कर दिदा स्कुटर चालक झापाको विर्तामोड नगरपालिका ५ का अन्दाजी २६ वर्षका सुजन विक र पछाडि बसेका २२ वर्षका सुरज विक गम्भीर घाइते भएका थिए ।

दुवैको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा करिब साढे १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिएका छन ।

दुर्घटनाका बेला धरान गइरहेका विराटनगर–३ का एक प्रत्यक्षदर्शीका अनुसार ठक्कर दिएपछि बसले स्कुटरलाई करिब ५० मिटर परसम्म घिसारेको थियो ।

बस चालक उदयपुरको बेलका नगरपालिका ३ का प्रेम मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।