मुक्ति पौडेल,
झापा,२९ साउन / भारतबाट अबैध रूपमा नेपाल ल्याउदै गरेकाे तरकारी तथा फलफुल प्रहरीले पक्राउ गरि नष्ट गरेकाे छ ।
आवष्यक अनुमति पत्र र बिना भन्सारका करिव १ हजार केजी तरकारी र फलफूल इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेकाे हाे ।

अनुमानित ३ लाख भन्दा बढीका उक्त सामान आवष्यक प्रक्रिया पूरा गरेर बिहिबार कार्यालय परिसर भित्र खाल्टाेमा नस्ट गरेकाे कार्यालयले जनाएकाे छ। पक्राउ परेकाे तरकारी र फलफूल आलु, चिचिन्डा, करेला, अनार लगाएत छन्।
पक्राउ परेका तरकारी तथा फलफूल कानुनी रूपमा प्रतिबन्धित नभएकाे तर आवष्यक अनुमति र भन्सार नभएका कारण नष्ट गरेकाे प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका बालिसंरक्षण अधिकृत सन्ताेस थापाले बताएका छन ।