ठोस खबर / निर्देशक सरोज अधिकारीले तीन वर्षपछि नयाँ म्युजिक भिडियो “तन दिए मन दिए” सार्वजनिक गर्दै चलचित्र क्षेत्रमा आफ्नो कमब्याक गरेका छन् ।

विगत १० बर्ष देखी चलचित्र छेत्रमा काम गर्दै आएका झापाको कनकाई नगरपालिका २ घर भई हाल युएईमा आफ्नै व्यवसाय सन्चालन गर्दै आएका सरोज अधिकारिले पछिल्लो पटक “तन दिए मन दिए “म्युजिक भिडियो २०८२ भदौ ५ गते दिउसो ३:४५ मा युटुब मार्फत सार्वजनिक गर्दै चलचित्र क्षेत्रमा कमब्याक गरेका हुन ।

अधिकारीले यस अघि ठूला ब्यानरको फिल्म ‘रावायण’ मा सहायक निर्देशनको रुपमा समेत काम गरि सकेका छन । उनी नेपाली चलचित्र क्षेत्रमा सक्रीय व्यक्ती हुन जस्ले अहिलेसम्म तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन्।
त्यसैगरी उनले ठूला ब्यानरका सुपरहिट चलचित्रहरू ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ र ‘रावायण’ जस्ता प्रोजेक्टमा पनि सहायक निर्देशकका रूपमा आफ्नो प्रभावशाली योगदान दिइसकेका छन् ।

यस म्युजिक भिडियोबाट कलाकार चिरञ्जीवी अधिकारीको समेत कमब्याक भएको छ । करिब चार–पाँच वर्षपछि कलाकार चिरञ्जीवी अधिकारी म्युजिक भिडियो “तन दिए मन दिए” मार्फत पुनः अभिनय क्षेत्रमा देखिएका छन् । उनी सँगै झापा कनकाई ३ का भूपाल मानसिंह कार्की, भूमिका मिश्र र आर्यन चुडालको समेत यस भिडियोमा अभिनय रहेको छ ।

पैसा,पावर र प्रेमलाई समेट्दै निर्माण गरिएको म्युजिक भिडियोले सार्वजनिक भएको केही समयमानै सामाजिक सञ्जालमा उत्साहजनक प्रतिक्रिया पाउन थालेको छ । यस म्युजिक भिडियोले दर्शकलाई अझ फरक र उत्कृष्ट सामग्री दिने निर्माण टिमले दाबी गरेको छ ।
म्युजिक भिडियो युटुबमा https://youtu.be/eprhp1jzOGw?si=7Y7dXjBCd76Fv86U लिंक मार्फत हेर्न सकिने छ ।

नयाँ म्युजिक भिडियो सार्वजनिक पछि ठोस खबर संग कुरा गर्दै निर्देशक अधिकारीले “फिल्मसँगै म्युजिक भिडियो पनि आफ्नो लागि प्रिय माध्यम भएको वताएका छन । लामो अन्तरालपछि “तन दिए मन दिए” मार्फत दर्शकमाझ फर्कन पाउँदा निकै उत्साहित भएको वताउदै अधिकारीले यो भिडियोले नयाँपन र भावनात्मक स्पर्श दिने विश्वास समेत लिएका छन ।