झापा , ८ भदौ /मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन टुको उपाधि गुरङ्ग द्वयले जितेका छन ।
इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिको आयोजनामा सञ्चालित मेरो भ्वाइस युनिभर्स तर्फ प्रथम गुरुङ र डान्सतर्फ रिस्ता गुरुङले उपाधि उचालेका हुन् ।

उनीहरुले जनही नगद १ करोड रुपैया , सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट २५ लाख रुपैँयाको सुरक्षित जिवन बीमा पोलिसी र नेपाल एयरलाइन्सको तर्फबाट ३ वटा अन्तर्राष्ट्रिय टिकट प्राप्त गरेका छन् ।

त्यस्तै  भ्वाइस तर्फ टोपराज तामाङ र डान्स तर्फ अमृता  राई फर्स्ट रनर अप बनेका छन् ।उनीहरुले जनही नगद २५ लाख र सिटिजन लाइफ  इन्स्योरेन्स कम्पनीको तर्फबाट २० लाखको सुरक्षित जीवन बीमा पोलिसी प्राप्त गरेका छन् । त्यस्तै नेपाल एयरलाइन्सको तर्फबाट ३ वटा अन्तर्राष्ट्रिय  टिकट प्राप्त गरेका छन् ।

भ्वाइस तर्फ जुनु प्रसाई र डान्स तर्फ सितु महर्जन सेकेण्ड  रनर अप बन्न सफल भएका छन् । उनीहरुले नगद १० लाख र सिटिजन लाइफ इन्स्योरेन्स  कम्पनीको तर्फबाट १५ लाखको सुरक्षित जीवन बीमा  पोलिसी प्राप्त गरेका छन् । त्यस्तै नेपाल एयरलाइन्सको तर्फबाट ३ वटा अन्तर्राष्ट्रिय  टिकट प्राप्त गरेका छन् ।

त्यस्तै थर्ड रनर अप भ्वाइस तर्फ वाङ्गे गुरुङ र डान्स तर्फ  सुरज सिंजाली मगर बनेका छन् । उनीहरुले नगद ६ लाख सिटिजन लाइफ इन्स्योरेन्स  कम्पनीको तर्फबाट १० लाखको सुरक्षित जीवन बीमा  पोलिसी प्राप्त गरेका छन् ।

त्यस्तै फोर्थ रनर अप भ्वाइस तर्फ झापाली प्रशान्त पोख्रेल र डान्स तर्फ झापाली सुसना कोइराला बनेका छन् । उनीहरुले नगद ५ लाखसहित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट १० लाखको सुरक्षित जीवन बीमा  पोलिसी प्राप्त गरेका छन् ।

मेरो भ्वाइस सिजन टुको फिफ्थ रनर अप दिपराज राई र  मेरो डान्स तर्फ साजन पाख्रिन तामाङ बनेका छन् । उनीहरुले नगद ४ लाखसहित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट १० लाखको सुरक्षित जीवन बीमा  पोलिसी प्राप्त गरेका छन् ।

विजेताहरुलाई फाउण्डेशनका  डिल्ली अधिकारी, प्रतिनिधी सभाका सभामुख देवराज घिमिरे, गृह मन्त्री रमेश लेखक, सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ , ललितपुरका मेयर चिरिबाबु महर्जन लगायतले पुरस्कार वितरण गरेका थिए ।