साहित्यकार कोमल प्रसाद पोखरेलको आँठौ कृति लोकार्पण साथै पोखरेललाई सम्मान

ठोस खबर, १४ भदौ / कनकाई प्रतिभा प्रतिष्ठान कनकाईले अग्रज साहित्यकार कोमल प्रसाद पोखरेलको आँठौ कृति लोकार्पण गर्नुका साथै पोखरेललाई सम्मान गरेको छ ।
“स्तुत्यनुवाद पञ्चदशी भक्तिकाव्य” को प्रकाशक समेत रहेको कनकाई प्रतिभा प्रतिष्ठानले शनिवार कनकाई ३ स्थित डिलाइट होटलको सभाहलमा १६०औँ मोतिजयन्तिको अवसर पारेर आयोजित कार्यक्रममा शैक्षिक एवं साहित्यिक अभिभावक पोखरेलको आँठौ कृतिको रुपमा रहेको उक्त कृति लोकार्पण गर्नुका साथै कृतिकार पोखरेललाई सम्मान गरेको हो ।

पोखरेललाई कार्यक्रमका प्रमुख अभ्यागत कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , विषिष्ट अभ्यागतहरु व्यसाचार्य कीशोर कुमार गौतम , आचार्य पण्डित छन्दुराम भण्डारी , पत्रकार चन्द्र भण्डारी , कार्यक्रमका अध्यक्ष जिवनाथ सुवेदी लगायतले सम्मान पत्र साथै खादामालाबाट सम्मान गर्नु भएको थियोे ।
सम्मानित पोखरेललाई प्रदान गरिएको सम्मान पत्रमा छन्दवद्ध श्लोक बाट पोखरेलको परिचय साथै कर्म प्रस्तुत गरिएको थियोे । उक्त सम्मानपत्रमा उल्लेखित छन्दोवद्ध श्लोक प्रतिष्ठानका सदस्य निर्मल कुमार खतिवडाले वाचन गर्नु भएको थियोे । प्रतिष्ठानका सह-सचिव विष्णुकुमार कोईरालाले कार्यक्रममा पोखरेलको विस्तृत रुपमा परिचय गराउनु भएको थियोे ।
पोखरेलको सम्मान संगै कार्यक्रमका प्रमुख अभ्यागत राजेन्द्रकुमार पोखरेल , बिशिस्ट अभ्यागतहरु व्यासाचार्य कीशोर कुमार गौतम , प्राध्यापक डाक्टर गंगाप्रसाद अधिकारी, पण्डित छन्दुराम भण्डारी , प्राज्ञ सुमित्रा वाङ्देल चेलि , प्राध्यापक चुडामणि वशिष्ठ , पत्रकार चन्द्र भण्डारी , रुद्र गौरी श्री अंबिका ओली प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओली , पण्डित सोमनाथ गौतम लगायतले संयुक्तरूपमा पोखरेलको आँठौ कृति “स्तुत्यनुवाद पञ्चदशी भक्तिकाव्य” लोकार्पण गर्नु भएको थियोे ।

कृतिकार पोखरेलका यस अघि “मेरो सुर्य” शोक कविता संग्रह , “हाउडी पुराण” हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह , “अन्तर्व्यथा : आजको” कथासंग्रह , “मेरो अमेरिका यात्रा” यात्रा निबन्धसंग्रह , “धर्मा” शोकमहाकाव्य , “सजिलो कोमल गीता” श्रीमद्भागवतगीताको श्लोकानुवाद , “म फर्केर आए” हास्यव्यङ्ग्य कविता संग्रह गरी सातओटा कृति प्रकाशन भई सकेका छन भने “स्तुत्यनुवाद पञ्चदशी भक्तिकाव्य” उहाँको आठौं कृतिको रुपमा प्रकाशन भएको हो । उहाँका थप केहि प्रकाशोन्मुख कृतिहरु समेत रहेका छन ।
पोखरेलको शनिवार लोकार्पण भएको “स्तुत्यनुवाद पञ्चदशी भक्तिकाव्य” कृतिको सविस्तार समिक्षा समिक्षक श्री साङ्गवेद संस्कृत विद्यालयका सहायक प्रधानाध्यापक पण्डित सोमनाथ गौतमले गर्नु भएको थियो । कृति चुनौति पुर्ण र जिवन भरको प्राज्ञिकता खनिएको समिक्षक गौतमले वताउनु भएको थियोे ।

कार्यक्रममा संबोधन गर्दै प्रमुख अभ्यागत नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले सम्मानित व्यक्तित्व नगरकै अभिभावक भएको वताउदै उहाको सक्रिय दिर्घजिवनको कामना गर्नुभएको थियोे । पोखरेलले कनकाई प्रतिभा प्रतिष्ठानले गर्दै आएका कार्यहरुको प्रशंसा गर्दै यस किसिमका कार्यक्रमहरुमा नगर सदैव संगै रहने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियोे ।


कार्यक्रममा बधाई तथा शुभकामना मन्तव्य राख्दै विशिष्ट अभ्यागतहरु व्यासचार्य कीशोर कुमार गौतम , प्राध्यापक डाक्टर गंगाप्रसाद अधिकारी, पण्डित छन्दुराम भण्डारी , प्राज्ञ सुमित्रा वाङ्देल चेलि , पत्रकार चन्द्र भण्डारी , रुद्र गौरी श्री अंबिका ओली प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद ओली लगायतले कनकाई प्रतिभा प्रतिष्ठानले राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरि अग्रज साहित्यकार कोमल प्रसाद पोखरेलको कृति प्रकाशन ,विमोचन गर्नुका साथै साहित्यकार पोखरेललाई सम्मान समेत गरेकोमा प्रतिष्ठान प्रति आभार व्यक्त गर्नु भएको थियो ।
ईलाम साथै झापाका विभिन्न क्षेत्रबाट सहभागीता जनाउनु भएका साहित्यकारहरु हरिनारायण भट्टराई , शिव अधिकारी , हरिप्रसाद न्यौपाने , नुरज भट्टराई “नदी” , लक्ष्मी ढुङ्गाना , देविचरण भण्डारी , मिना अधिकारी , डाक्टर खगेन्द्र प्रसाद दाहाल , दुर्गाप्रसाद सिग्देल , चित्रा पौडेल , खिलप्रसाद शिवाकोटी लगायतले साहित्य सृजना प्रस्तुत गर्नु भएको कार्यक्रममा सय जना भन्दा बढी साहित्यअनुरागीको उपस्थित रहेको थियोे ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत प्रतिष्ठानका सचिव प्रेम प्रभात न्यौपाने गर्नुभएको थियो भने कार्यक्रम संचालन प्रतिष्ठानका उपाध्यक्ष डाक्टर पुण्यप्रसाद पौडेलले गर्नु भएको थियोे ।
