आँठौ बर्षिक उत्सवमा रिलायबल लाईफ इन्स्योरेन्स द्वारा कनकाई गायत्री बिद्यालयमा झोला वितरण

ठोस खबर, १५ भदौ / ज्ञानेश्वर काठमाडौंमा प्रधान कार्यलय रहि झापाको दमक सहित देशैभर एक सय आठ भन्दा बढी शाखा उपशाखा रहेको रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको आठौ बर्ष पार गरि नवौं बर्षमा प्रवेस गरिरहदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर बिद्यार्थीलाई बिद्यालय झोला वितरण गरेको छ ।
रिलायबल लाईफ इन्स्योरेन्स लिमिटेड दमक शाखाले आईतवार झापाको कनकाई नगरपालिका ४ कोटिहोम स्थित कनकाई गायत्री प्राथमिक बिद्यालयमा एक अौपचारिक कार्यक्रम गरी बिद्यालयका बाल कक्षा देखी कक्षा ३ सम्मका ६० जना बिद्यार्थीलाई झोला बितरण गरेको हो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविलाल भट्टराई ( रविन )को अध्यक्षता तथा कनकाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रोशन सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडका विमा अभिकर्ता योगराज खनालले कार्यक्रमको अौचित्य माथी प्रकाश पार्दै हरेक बर्ष रिलायबलले सामाजप्रति उत्तरदायी बन्दै कुनै न कुनै सामाजिककाम गर्दै आएको र सोहि कार्यलाई निरन्तरता दिदै आँठौ बार्षिक उत्सवको अवसर पारेर कनकाई गायत्री बिद्यालयमा झोला वितरण गरिएको वताउनु भएको थियोे ।

कार्यक्रममा बिद्यार्थीलाई झोला बितरण गर्दै प्रमुख अतिथि सुवेदीले रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले समाजप्रति उत्तरदायी बन्दै सामाजिक क्षेत्रमा काम गर्दै गर्दा आफ्नो क्षेत्रको बिद्यालय छनोट गरि झोला बितरण गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाले थोरै बजेटले नगरले वडाले धेरै काम गर्नु पर्ने वाध्यत्मक परिस्थिति रहेकोहुदा आवाश्यकता देख्दा देख्दै पनि त्यहा पुग्न नसकिने भएको बेला रिलायबलले गरेको सेवा सम्मान जनक रहेको वताउनु भयो । त्यस्तै उहाले भाडो भरि पानि भए पनि त्यो पानिलाई विरुवाको फेदमा खन्याए उत्पादन दिने तर बालुवामा खन्याए खेर जाने उदाहरण दिदै रिलायबलले आज ससाना विद्यार्थी बालबालिकालाई झोला वितरण गरी विरुवामा पानी हाल्ने काम गरेको भन्दै प्रशंसा गर्नु भएको थियो । सुवेदीले रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले आगामी दिनमा अझ बढी विमितलाई प्राथमिकतामा राखी छीटो छरीतो सेवा प्रदान गर्नुका साथै सामाजिक छेत्रमा समेत अझ वढी सेवा प्रदान गर्न सकोस भनि शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड दमक शाखाका प्रमुख सुदर्शन दहालले रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले विमितलाई दिने सेवासुबिधालाई प्रथमिकतामा राखेर काम गर्दै आएको र त्यसका अलवा यस्तै किसिमका समाजिक कार्यमा समेत उत्तिकै सक्रिय रहदै आएकोले नै देशका सबै लाईफ इन्स्योरेन्स लिमिटेड भन्दा अब्बल रहेको बताउनु भएको थियो । उहाले आफ्नो संस्था विमा पोलिसी तथ्यांक अनुसार नं. १ मा रहेको , प्रोफिटमा १ नं. , एउटै परिवारलाई विमा क्षेत्रमा सबै भन्दा बढी ४ करोड दावी भुक्तानी दिने , विमितलाई दिने सेवासुविधामा अब्बल , विमा क्षेत्रका कर्मचारीको सेवा सुविधामा अब्बल रहेकोले आफु कार्यरत संस्था अब्बल भएको दावी गर्दै यस रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडमा जोडिन चाहानेलाई स्वागत गर्न तयार रहेको बताउनु भएको थियो । दाहालले ससाना नानिबाबुहरुलाई झोला प्रदान गर्ने अवसर दिनुभएकोमा कनकाई गायत्री विद्यालय प्रति आभार ब्यक्त गर्नुभएको थियो ।

विद्यालयको प्रअ रिता देवी घिमिरेले कनकाई गायत्री बिद्यालयमा आउने बिद्यार्थीहरु निम्न आय भएका परिवारका रहेको र उनिहरुलाई बिद्यालय आईरहदा एउटा राम्रो झोला नहुदा बिद्यालयले दिएका पाठ्य पुस्तक बर्षदिन पनि नथाम्ने , कापी , पेन्सिल लगायतका स्टेसनरीका सामाग्री हराउने भएकोले पठनपाठनमा समस्या भईरहेको अबस्थामा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले झोला प्रदान गरी सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

बिद्यालय व्यवस्थापन समितिका सल्लाहकार शिवहरी मैनाली , विमा अभिकर्ता देउमान गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड दमक शाखाका मार्केटिङ प्रमुख चन्द्र प्रसाद न्यौपाने , बिद्यालय व्यवस्थापन समितिका सदस्यहरु बलराम अधिकारी , गिता पाठक , जमुना कार्की , बिद्यालयका अभिभावक , शिक्षक , कर्मचारी लगायतको उपस्थित रहेको थियोे ।
कार्यक्रमका अध्यक्ष रविलाल भट्टराईले धन्यवाद मन्तव्य राख्दै जिल्लाभर कनकाई गायत्री जस्ता थोरै स्रोतले पठनपाठन संचालन गर्दै आएका बिद्यालयहरु धेरैनै भए पनि धरै मध्येबाट सेवा प्रदान गर्ने कुरामा यस बिद्यालयलाई छनौट गर्नु भएकोमा दाता संस्था प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा गर्नु भएको थियोे ।
कार्यक्रममा सहजिकरण रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड दमक शाखाका प्रमुख सुदर्शन दाहालले गर्नु भएको थियोे ।
हातमा कापि , कलम र किताव बोकेर बिद्यालय जादाआउदा हैरानी खेपेका बिद्यार्थीहरु झोला पाएपछि हर्सित देखीएका थिए ।
