विद्धयोदय अंग्रेजी बिद्यालयमा स्काउट क्याप फायर

ठोस खबर ,१३ मंसिर / झापाको कन्काई नगरपालिका ५ चप्रमारीमा रहेको विद्योदय अंग्रेजी माध्यमिक विद्यालयले शुक्रबार साँझ विद्यालयमा स्काउट क्याम्प फायर गरेको छ ।
विगत दुई वर्ष अगाडिदेखि स्काउट शिक्षा प्रदान गर्दै आएको र विद्यार्थीहरूलाई विभिन्न कार्यक्रमहरुमा दीक्षित र सरिक गर्दै आएको विद्यालयले दुई दिवसीय साथै एक रात्रिकालीन कार्यक्रम गर्दै क्याम्फायर गरेको हो ।
क्याम्प फायरको विषयमा जानकारी गराउँदै विद्यालयका स्काउट प्रशिक्षक नगेन्द्र सुवेदीले विद्यालयले शुक्रबार र शनिबार स्काउटका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको र सोही कार्यक्रम अन्तर्गत स्काउटमा क्याम्प फायर समेत रहने भएकोले शुक्रबार साँझ क्याम्पफायर गरिएको जानकारी गराउनुभयो । उहाँले आजसम्म आफूले गर्दै आएका गतिविधिमा कुविचार, नराम्रा किसिमका कार्यहरू जे जति गरियो ती सबै कार्यहरु आजैबाट यसै अग्निमा आहुति दिँदै आजबाट म असल कर्ममा निरन्तर लाग्ने प्रतिबद्धता सहित क्याम्पफायर गरिँदै आएको जानकारी गराउनुभयो ।
विद्यालयमा हाल ७० भन्दा बढी विद्यार्थीहरू स्काउटमा सरिक भएको र स्काउटमा सरिक भएका विद्यार्थीहरु , विद्यार्थीका अभिभावक , शिक्षक , स्काउट प्रशिक्षकहरु साथै अतिथिहरूको उपस्थितिमा शुक्रबार साँझ विद्यालय प्राङ्गणमा क्याम फायर सहित स्काउटमा आबद्ध विद्यार्थीहरूबाट मनोरञ्जनात्मक कार्यक्रमहरू गीत , नृत्य प्रस्तुत गरीएक थियो भने उपस्थित सबैलाई स्काउटका बिद्यार्थीहरुले छमछमी नचाउदै कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि कनकाई नगरपालिका ५ का वडा अध्यक्ष कृष्णबहादुर राईले स्काउटले अनुशासनका साथसाथै आफूलाई आपतविपत परेको बेलामा कसरी सुरक्षित रहने र अरुको कसरी सुरक्षा गर्ने भन्ने विषय समेत सिकाउने भएकाले विद्यालय स्तरमा यस्ता कार्यक्रम गरिनु महत्वपूर्ण रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कनकाई नगर प्याब्सनका सचिव तथा झापा मेरिगोल्ड अंग्रेजी विद्यालयका प्रिन्सिपल गोकुल उप्रेतीले स्काउटले बिद्यार्थीलाई जीवनशैली कस्तो अपनाउने र अनुशासन साथै देशप्रेम बारे सिकाउने भएकाले स्काउट आफैमा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बिद्योदय विद्यालयले बिद्यालयमा स्काउटका कार्यक्रम गरेर विद्यार्थीहरूलाई दिक्षित गराएर विभिन्न कार्यक्रमहरूमा सरिक गराउँदै आएको प्रति आभार व्यक्त गर्नुभयो ।
विद्योदय अंग्रेजी विद्यालयका प्रिन्सिपल तथा विद्यालयका स्काउट दलका अध्यक्ष विनोद उप्रेतीले कार्यक्रममा उपस्थित सम्पूर्णप्रति आभार सँगै धन्यवाद ज्ञापन गर्दै विद्यालयले विद्यार्थीलाई समय सापेक्ष शिक्षा दिनको लागि निरन्तर लागिपरेको बताउनुभयो । उहाँले विद्यालयले विद्यालयमा शैक्षिक गतिविधिसँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापसँग जोड्दै उनीहरु भित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने कार्य गर्दै आएको बताउँदै यसै अन्तर्गत रहेर विद्यार्थीलाई स्काउटसँग जोडेर यो कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा कन्काई नगरपालिका वार्ड नं ५ का वडा सदस्य डिल्लु उप्रेती , स्काउट सहायक राष्ट्रिय प्रशिक्षक तथा प्रदेश परिषद् सदस्य नारायण श्रेष्ठ , कन्काई नगर स्काउट आयुक्त अरुण योगी , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीष्म उप्रेती , नगर प्याब्सन कोषाध्यक्ष तथा ग्लोबल एडुकेयर एकेडेमीका प्रिन्सिपल बीमान लामा , हरिकुल अंग्रेजी विद्यालयका प्रिन्सिपल रोशन केसी , प्यारागन एकेडेमीका प्रिन्सिपल दीपक भट्टराई , युनिक बहुमुखी क्याम्पसका उपाध्यक्ष त्रिलोचन उप्रेती , झापा प्याब्सन जिल्ला सदस्य तथा स्काउट मास्टर मोहन थापा , बार एसोसिएन झापा जिल्ला सदस्य टिपी कँडेल , स्काउट मास्टरहरू नगेन्द्र श्रेष्ठ , अम्बिका बिमली , झलक भण्डारी, राम बहादुर चौधरी , सपना पौडेल , निशा ढुङ्गाना , साथै विद्यालयका अभिभावक लगायतको अतिथिता रहेको थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका स्काउट मास्टर नगेन्द्र सुवेदीले गर्नुभएको थियो ।
