ठोस खबर / झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा रहेको फक्तालुङ एजुकेसन फाउन्डेसनमा पठन संस्कृतिको विकासको निमित्त सप्ताहव्यापी कलम चौतारी तथा लेखन अनुभवको खुल्ला मञ्च कार्यक्रम सुरु भएको छ ।

डाईनामीक पव्लिक लाइवेरी (डिपीएल) कनकाई नगर समिति र फक्तालुङ्ग एजुकेसन फाउन्डेसन (पिइएफ) रिडर्स क्लबको आयोजना तथा फक्तालुङ एजुकेसन फाउन्डेसनको आर्थिक सहयोग र व्यवस्थापनमा आज आइतबारबाट बाल सर्जकहरूको साहित्य संगम कार्यक्रम पीइएफ कलम चौतारी तथा लेखन अनुभवको खुल्ला मञ्च कार्यक्रम सञ्चालन भएको हो ।

विद्यार्थीहरूमा पढ्नुपर्छ , पठन संस्कृतिको विकास गर्नुपर्छ भन्ने सन्देश दिन डिपिएल कनकाई नगर समिति र पिईएफ रिडर्स क्लबको आयोजनामा यस किसिमको कार्यक्रम आयोजना गरिएको फक्तालुङ एजुकेसन फाउन्डेसनका फाउन्डर प्रिन्सिपल तथा डिपीएल कनकाई नगर समितिका अध्यक्ष ओम विक्रम नेम्बाङले जानकारी गराउनुभएको छ ।
पिइएफले वर्षभरि विद्यालयमा पठन संस्कृतिका कार्यक्रमहरू डियर प्रोग्राम जुन चाहिँ विद्यार्थीहरूले सबै क्रियाकलापहरु छोडेर १५ मिनेट भएपनि लाईबेरिमा पढ्ने , लेखक बन्नको लागि लेखन कार्यशाला लगायतका कार्यहरू विद्यार्थीलाई दिएको र फलस्वरूप कक्षा १ देखिका विद्यार्थीहरु अहिले लेखक बनिसकेको र लेखक बनिसकेका तिनै विद्यार्थीहरूको प्रतिभा प्रस्तुतिका लागि यो कार्यक्रम आयोजना गरिएको डिपीएल अध्यक्ष तथा पिइएफका प्रिन्सिपल नेङवाङले जानकारी गराउनुभएको छ ।
सत्ताव्यापी कार्यक्रमको उद्घाटन सँगै पहिलो दिन कक्षा १ का बालबालिकाले आफूले लेखेका लेखहरू प्रस्तुत गरेका छन् भने सात दिन सम्म निरन्तर कक्षा २ ,३ ,४ हुँदै कक्षा ९ सम्मकै विद्यार्थीले यस कार्यक्रममा आफूले लेखेका लेखहरू प्रस्तुत गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेग्वाङले जानकारी गराउनुभएको छ ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि डिपिएल नेपालका राष्ट्रिय अध्यक्ष दुर्गाप्रसाद खतिवडा (दिवस), विशिष्ट अतिथि डिपीएल नेपालका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष गुणराज गिरी लगायतले पठन संस्कृतिको विकासका लागि डिपिएल कनकाई र पिइएफ रिडर्स क्लबले गरेको कार्यको प्रशंसा गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा डिपिएल कमल गाउँपालिकाको वरिष्ठ उपाध्यक्ष तुलसा खड्का ,डिपीएल कनकाई नगर समितिका निवर्तमा अध्यक्ष जेनिस चौलागाईं लगायतको आतिथ्यता रहेको थियो ।

डिपिएल कनकाईका अध्यक्ष तथा फक्तालुङ एजुकेसन फाउन्डेसनका फाउन्डर प्रिन्सिपल ओम विक्रम नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा पिइएफ रिडर्स क्लबको सदस्य गीतादेवी चापगाईले कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्नुभएको थियो भने रचना वाचन सहित कार्यक्रममा उपस्थित सबैलाई स्वागत डिपिएल कनकाईका साहित्य संयोजक डिल्लीराम परदेशी चापागाईले गर्नुभएको थियो । फक्तालुङ्ग एजुकेसन फाउन्डेसन कक्षा १ मा अध्ययनरत विद्यार्थी आरुषा काफ्लेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन डिपिएल कनकाईका महासचिव रिजन तिम्सिनाले गर्नुभएको थियो ।