ठोस खबर , २५ फागुन / कनकाई नगरपालिका ३ निवासी सामाजिक व्यक्ति , युवा व्यवसायी , माता मनोकामना सप्लायर्सका संचालक प्रविन तिम्सिना र खुस्बु पौडेल तिम्सिनाका छोरा अविन तिम्सिनाको जन्मदिनको अवसरमा बालशिक्षा केन्द्रलाई खेलकुद सामाग्री वितरण गरिएको छ ।

सामाजिक क्षेत्रमा काम गर्न युवाहरुलई प्रेरित गर्दै आएको सुरुङ्गा सहकार्य युवा क्लबको संयोजन , सहजिकरणमा पाँचौं बर्षमा प्रवेश गरेका अविन तिम्सिनाको जन्मदिनको अवसर पारेर तिम्सिना परिवारले कनकाई ४ मा रहेको कनकाई बालशिक्षा केन्द्रमा रकर , बिग रकर , पिङ्ग , म्याजिक कार , विग ब्लक लगायतका ५० हजार रुपैयाँ बराबरका खेलकुद सामाग्री प्रदान गरेको हो ।

खेलकुद सामाग्री प्रदान गर्दै अविनकी माता खुश्वु पौडेल तिम्सिनाले जन्मदिन मनाउने क्रममा विभिन्न गतिविधि गरेर फजुल खर्च गर्नुभन्दा खेल्दै पढ्दै गर्ने उमेरका सानासाना बालबालिकाहरु पढ्ने विद्यालयमा विद्यार्थीहरूलाई खेल्दै पढ्दै गर्ने वातावरण सिर्जना होस् भन्ने हेतुले बालविकास केन्द्रमा खेलकुद सामग्री वितरण गरिएको वताउनु भयो ।

एक औपचारिक कार्यक्रम गरी खेलकुल सामाग्री प्रदान गरिएको कार्यक्रमका प्रमुख अतिथि कनकाई वडा नं. ४ का वडा अध्यक्ष रोसन सुवेदीले जन्मदिन मनाई रहेका ५ बर्षिय बालक अमिन तिम्सिनालाई जन्मदिनको शुभकामना दिदै ,बाल शिक्षा केन्द्र बिशेषत खेल्दै सिक्दै गर्ने उमेरका लागि भएपनि यस बाल केन्द्रमा पर्याप्त खेल सामागी नहुदा र यहाका बिद्यार्थीहरु निम्न आयस्रोत भएका अभिभावकका बालबच्चा रहेकोले आफैले पनि वालवालीकालाई खेल सामाग्री किनेर खेलाउन नसक्ने हुदा घरमा समेत खेल सामग्री खेल्न नपाए पनि अब भने खेल सामग्रीहरूसँग खेल्दै पठनपाठन गर्ने अवसर प्राप्त गरेको बताउदै यो अवसर जुटाइदिनु हुने तिम्सिना परिवार साथै अवसर जुटाउन सहजीकरण गर्नुे सुरुङ्गा सहकार्य युवा क्लबप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै बालशिक्षा केन्द्रका व्यवस्थापन समिति अध्यक्ष धर्मेन्द्र सुवेदी, प्रअ मिना कुमारी बस्नेतले बाललकै जन्मदिनको अवसर आफू समान उमेरका बालबालिकालाई  मध्यनजर गर्दै बालशिक्षा केन्द्रमा खेल सामाग्री प्रदान गर्नु भएकोमा खेल सामाग्री प्रदानकर्ता तिम्सिना परिवार र सहजिकरण कर्ता सुरुङ्गा सहकार्य युवा क्लबलाई धन्यवाद ज्ञापन गर्नु भयो  ।

सुरुङ्गा सहकार्य युवा क्लबका अध्यक्ष सुमन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई ४ का वडा सदस्य मोहन संग्रौला सहकार्य युवा क्लबका निवर्तमान अध्यक्ष टिकाराम भण्डारी (सुदिप), सदस्य देवराज नेपाल (राजन) , युवा व्यवसायी आयुस बोगटीको आतिथ्यता रहेको थियोे भने बालशिक्षा केन्द्रका अभिभावकहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित सवैलाई स्वागत कार्यक्रम संयोजक चन्दा सिटौलाले गर्नुभएको थियोे भने कार्यक्रम सन्चालन क्लबका कोषाध्यक्ष पुर्ण बहादुर श्रेष्ठले गर्नु भएको थियो ।