ठोस खबर , २७ फागुन / नेपलिंक कम्युनिकेशनको ८औँ वार्षिकोत्सवमा कम्पनिले “मेगा ८ सेल” विशेष अफर प्रदान गर्ने भएको छ ।
कम्पनिले बुधबार कम्पनीको प्रधान कार्यलय कनकाई नगरपालिका ३ सुरुङ्गमा पत्रकार भेटघाट गरि उक्त अफर बारे जानकारी गराएको हो ।
यस योजना अन्तर्गत ८,८८८ रुपैयाँमा १८ महिनाको नयाँ इन्टरनेट जडान उपलब्ध गराइने छ । उक्त अफर ८ दिनसम्म लागू हुने र बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म नयाँ जडान सेवा उपलब्ध गराइने कम्पनीका कर्पोरेट निर्देशक युवराज चापागाईंले जानकारी दिनु भएको छ ।

तेस्तै कम्पनीले ८अौ वार्षिकोत्सवको अवसरमा ८ दिन सम्म विशेष अफर संगै इन्टरनेट सुरक्षा सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन उप्रेतीले जानकारी दिनुभएको छ ।
कम्पनीको स्थापना ८ वर्षअघि चार जना साझेदारले मिलेर गरेको थियो । सुरुवाती चरणमा वायरलेस इन्टरनेटबाट सेवा सुरु गरेको कम्पनीले पछिल्लो समय फाइबर इन्टरनेट सेवा विस्तार गर्दै ग्राहकलाई छिटो र भरपर्दो सेवा प्रदान गर्दै आएको जनाइएको छ । तेस्तै कम्पनीले अत्याधुनिक प्रविधिअन्तर्गत 5G राउटरको प्रयोग गरी ग्राहकलाई स्थिर र उच्च गतिको इन्टरनेट उपलब्ध गराइरहेको कम्पनिका अकाउन्ट प्रमुख विनमले जानकारी दिनुभएको छ ।
हाल कम्पनीले इलाम, झापा, मोरङ र पाँचथर जिल्लामा कर्पोरेट तथा घरायसी ग्राहकलाई इन्टरनेट सेवा प्रदान गरिरहेको छ।

वार्षिकोत्सव कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना कर्मचारीहरूको सम्मान तथा प्रशंसा कार्यक्रम पनि आयोजना गर्ने साथै समाजमा सुरक्षित इन्टरनेट प्रयोगबारे जानकारी दिन विद्यालयहरूमा इन्टरनेट सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
कम्पनीले विगत ८ वर्षदेखि ग्राहकले देखाएको विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।