कनकाईमा महिला लक्षित महिना दिने वारिस्ता तालिम

ठोस खबर , २७ फागुन / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा यहाँका महिलाहरुका लागि एक महिने निशुल्क वारिस्ता तालिम बुधबारबाट सुरु भएको छ ।
सुरुङ्गा सामुदायिक सिकाई केन्द्रलेको आयोजना तथा कनकाई नगरपालिका वार्ड नं. ३ साथै कनकाई नगरपालिकाको उपमेयर महिला लक्षित कार्यक्रम अन्तर्गतको आर्थिक सहयोगमा सुरुङ्गा स्थित युनिक क्याफेलाई तालिम केन्द्रको रुपमा छनौट तालिम सुरु गरिएको छ ।
पछिल्लो समय स्वदेश तथा विदेशमा गएर समेत मनग्ने आय आर्जन गर्न सकिने कफि सफको काम वारिस्ता तालिम कनकाई नगरपालिका ३ का १३ टोलबाट हरेक टोलका २ जनाका दरले २६ जना तथा थप दुई जना दलित महिला प्रतिनिधिहरुका लागि एक महिने तालिम सुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दै कनकाई नगरपालिकाकी उपमेयर आशाशर्मा शिवाकोटीले नगर र बडा कार्यलयले महिला लक्षित तालिमको लागि आर्थिक सहयोग गरेर महिला वर्गको जीवनयापनका लागि सहजीकरण गरेको र आगामी दिनमा समेत यसप्रकारका कार्यक्रम लक्षित बजेट विनियोजित गर्दै लैजाने बताउँनुभयो ।
उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कनकाई ३ का वडाअध्यक्ष युवराज चौलागाईं र कार्यापालिका सदस्य कृष्णमाया भुजेलले यस्तो महत्त्वपूर्ण तालिममा टोलबाट छनौटमा पर्नुभएका सहभागीहरूलाई बधाई दिदै तालिम समापनमा सहभागीहरू कतिको दक्ष बन्नु भयो भन्ने परीक्षण समेत गरिने भएको हुँदा बिचमा तालिम नछोडी हरेक दिन तालिममा उपस्थित हुन अनुरोध गर्नुभयो ।
तालिममा प्रशिक्षण प्रशिक्षक द्वय अनुस्का प्रधान र निरज सुनुवारले गर्दै हुनुहुन्छ । सुरुङ्गा क्षेत्रमै पहिलो पटक हुन लागिरहेको यस तालिममा युवालाई स्वरोजगार हुन अभिप्रेरित गरेको तालिममा सहभागिको भनाई छ ।
तालिम उद्घाटन समारोहमा कनकाई ३ का वडा सदस्य गोविन्द सुवेदी, सुष्मा परियार लगायतको आतिथ्यता रहेको थियो । सामुदायिक सिकाई केन्द्रको अध्यक्ष पुष्पा भट्टराई कडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको उपाध्यक्ष मुना सिटौलाले गर्नुभएको थियो । कार्यक्रम संचालन सचिव लीला प्रसाई शिवाकोटीले गर्नुभएको थियो ।
