ठोस खबर / ईलामको माई नगर पालिका २ चेप्टीमा रहेको ह्याप्पी ड्रिम चेप्टीले लाखौ पर्यटकको मन जित्न सफल भई सकेको छ ।

यहाँ दिनहुँ हजारौ अान्तरिक तथा बाह्य पर्यटकहरु घुम्नको लागी अाउने गरेका छन । यहाँ घुम्न अाउने पर्यटक हरु भन्छन “ह्याप्पी ड्रिम चेप्टी साच्चैनै ह्याप्पी ठाउँ रहेछ , दिन भर घुमेर हेर्दा पनि अझ हेरिरहुँझै लागी रहने अतिनै मनमोहक वातावरण रहेछ”

चेप्टिको बारेमा समाचार र सामाजिक सञ्जालमा सुन्दै र पढ्दै अाएका बिष्णु प्रसाद भट्टराई दशैको विदा लिएर काठमाडौंबाट मोरङको वेलबारीमा अफन्तको अाशिर्वाद लिन अाएको मौकामा चेप्टी घुम्न अाउदा चेप्टी अाफुले सम्झिएको भन्दा सयौं गुणा राम्रो र प्राकृतिक वातावरण भित्र रहेको वताउछन , उनि भन्छन “मैले जिवनमा धेरैनै पर्यटकीय स्थलहरुको अवलोकन गरे तर यस्तो प्रकृति भित्र रहेर (भनिन्छ नी स्वर्गीय अानन्द) हो त्यस्तो फरक किसिमको अान्नद प्राप्त भने यस चेप्टीमा मात्रै पाए , म चेप्टी सम्म अवलोकन गर्न अाउन सफल बनेकोमा अाफैलाई गौरव महसुस भई रहेको छ ” ।

त्यस्तै झापा खुदुनाबारीबाट अाफ्ना परिवार सहित चेप्टी पुगेका सरोज खनाल भन्छन , “चेप्टिमा टिकट काटेर भित्र छिरे पछी टीकट काटेको रकमत केहीनै हो जस्तो लागेन , यहाँका यि छहरा छागा , खोला खोल्सिको भागमा सिङ्गारिएको मनोरम दृश्य , बालबालिकालाई खेल्न र रमाउन पर्याप्त खेलौना र त्यही किसीमको वातावरण , अनेकौ प्रजातिका बोट बिरुवा हरु , अनेकौं वनोटका पिङहरु , प्राकृति रुपमै कनकाई माई नदिबाट प्रवाहित चिसोहावामा मनै फुरुङ्ग हुदो रहेछ अनि यहाबाट धैरै कुरा सिक्ने समेत अवसर प्राप्त हुनेरहेछ मलाईत गज्जवको ठाउँ लाग्यो सबैले एकपटक घुम्नै पर्ने ठाउँ रहेछ यो” ।

नेपालकै एकदमै दुर्गम , कालापानी भन्दा पनि दुर्गम ठाउलाई सजाएर दार्जिलिङ भन्दा पनि राम्रो बनाउने लक्षका साथ ह्याप्पी ड्रिम चेप्टी प्रोजेक्ट सुरु गरिएको र गर्दा दुर्गम ठाउमा पनि सकीने रहेछ है भन्ने सन्देश हाम्रा देशका नेताहरुलाई दिन साथै देसमा वेरोजगार बनी विदेशीन वाद्य युवायुवतीलाई उर्जा दिनकै लागी पनि यस्तो दुर्गम ठाउमा लगानी गरेर पर्यटकिय स्थल बनाएको बताउछन यस प्रोजेक्टका सञ्चालक दिनेश शिवाकोटी । शहर भन्दा टाढा दुर्गम वस्तिको नजिकै रहेको यस क्षेत्रमा अाउने बालबच्चा , युवायुवती र वृद्धवृद्धा समेत प्रकृतिसंग रमाउने साथै हाम्रो नेपालमा पनि गर्दा यती सुन्दर ठाउँ हुने रहेछ , हामी पनि यती सुन्दर देशका मानिस रहेछौ भनेर अनुभव गर्न सकिने ठाउँ वनेको छ चेप्टी ।

करिव ३ अर्वको लगानिमा पाँच बर्षमा सम्पन गर्ने गरि सन्सारकै राम्रो पार्क बनाउने उदेश्यले सन्चालन गरिएको चेप्टिमा अहिले पनि धमाधम काम भईरहेको हेप्पी ड्रिम्स चेप्टीमा पानी जहाज, डुङ्गा सयर, हेलिकप्टर, विभिन्न प्रकारका पिंङ, सेल्फी डाँडा, घोडचडी, नमुना आकर्षक हिमाल, हिमालबाट बग्ने झरना, डान्सिङ कटेज, आकर्षक गार्डेन, साथै मुर्तिकलाहरु ड्राइगन,लगायतका संरचनाहरु बनाईएको छ । 

हरेक दिन नयाँनयाँ संरचनाहरु थप्दै गहिरहेको र यो पार्क सम्पन्न हुदा सन्सारकै सुन्दर पार्क बन्नेमा कुनै दुविधा नरहेको वताउछन सञ्चालक दिनेश । हुनत अहिले पनि घुम्न अाउने पर्यटकहरुले नेपालकै राम्रो पार्क वनी सकेको घोषणा गरिसकेको बताउछन दिनेश ।
निकट भविष्यमै चेप्टी घुम्न अाउने पर्यटकले वोटिङ्ग , वन्जी जम्प , रक फ्लाइमिङ्ग , केवुलकार , जिप लाईन अादिको सुविधा समेत प्राप्त गर्न सक्ने छन । फुलका बिषयमा देश बिदेशमा अध्ययन अवलोकन गरेका , फुल बिषेषज्ञ समेत रहेका सञ्चालक दिनेश सन्सारका कुनैपनी पार्कमा चेप्टीमा जति वोटविरुवा नलगाईएको र अहिले पनि सायद सन्सारकै सबैभन्दा धेरै वोट वृक्ष र पाम बिरुवाहरुको प्रजाति रहेको चेप्टीमा कम्तिमा पनि ७ सय प्रजातिका फुलहरु र ७० हजार भन्दा बढी वोटवृक्ष लगाई सकेको र यसले प्राकृतिक सौन्दर्यतालाई थप उत्सर्गमा पुर्याउने दावी समेत गर्छन ।

प्राकृतिक एयर कन्डिसन भएका ठाउहरु पार्क संगै रहेको र यहाँ अाउने पर्यटक हरुले यसको समेत अानन्द लिन सक्नेछन । त्यस्तै चेप्टी बाट २०० मिटर नजिकै रहेको नेपालकै अजिव झरना नेप्टी छागोको पनी संरक्षण गर्दै जाने र चेप्टी घुम्न अाउने पर्यटकलाई नेप्टी छागोमा थप मनोरञ्जन दिने योजना रहेको सञ्चालक वताउछन ।

चेप्टिले अहिले पर्यटकका सुविधाको लागी झापाको सुरुङ्गा बाट दैनिक बस सेवा समेत सुरु गरि सकेको छ । अहिले दिनहु बिहान १०:३० बजे सुरुङ्गाबाट बिर्तामोड , शनिश्चरे , खुदुनाबारी रुट हुदै बस चेप्टी पुग्दैछ भने अब चाडैनै पुर्वमा काकडभिट्टा र पश्चिममा पथरीवाट चेप्टी सम्म बस सन्चालन गरिने साथै निकट भविसयमै हरेक गाउँगाउँबाट चेप्टिकोलागी बस सन्चालन चेप्टी परिवार अाफैले गर्ने योजना रहेको समेत बताइएको छ । अहिले वस मार्फत चेप्टी जानलाई वसका चालक लिला कार्कीको सम्पर्क नं. ९८०८४२१८८५ मा सम्पर्क गरि अग्रिम सिट बुकिङ गर्न सकिने समेत बताएको छ ।

पर्यटक लिएर चेप्टी जादै चेप्टीको बस

त्यसतै चेप्टीमा अाज सम्म कुनै पनि पार्कमा निशुल्क सेवा नदिएको सेवा समेत पर्यटकलाई दिईएको छ । चेप्टी सम्म पुगेर टिकट नाकाटी पनि काउन्टर बाहिरै रहेका ट्रेन , डुङ्गा, रोट्टे पिङ्ग लगायतका सेवा पर्यटकले निशुल्क रुपमै लिन सक्ने छन ।